अर्थतन्त्रको स्वरुप बदल्न जरुरी छ : पूर्व अर्थमन्त्री पाण्डे

बिहीबार, भदौ १४, २०८०

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको अहिलेको अर्थतन्त्रको टे«न्डलाई बदल्न जरुरी भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित साना राज्य क्षमताहरु : नकारात्मक प्रतिस्पर्धा र नेपालमा विदेशी नीति प्राथमिकता सम्बन्धी सेमिनारमा उनले दुई छिमेकी राष्ट्रको बढ्दो ठूला अर्थतन्त्रबाट फाइदा लिन सक्ने गरी अर्थतन्त्रको स्वरुप फेर्नु पर्ने बताएका हुन् ।

उनले नेपालको अर्थतन्त्रको हालको टे«न्डलाई बदल्न अमेरीका लगायतका ठूला शक्ति राष्ट्रको साथ चाहिने उल्लेख गरे । उनले दुई छिमेकीको बढ्दो ठूलो अर्थतन्त्रबाट नेपालले फाइदा लिन पूर्वाधार र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेपालको पर्यटन र पूर्वाधार क्षेत्रको विकाससँगै अर्थतन्त्रलाई गति दिन भारत र चीनको एकएक करोड टुरिष्ट भित्र्याउने गरी कार्य गर्न आवश्यक रहेको भन्दै उनले थपे ‘हामी धेरै परको टुरिष्टको कुरा गछौं, नजिकको कुरा हामी छोडिरहेका छौं । त्यसको लागि पूर्वाधार बनाउने उनीहरुले यहाँ खर्च गर्ने वातावरण बनाउनेतर्फ हामीले यहाँ कुरा गयौं भने अलिकति अर्थतन्त्रको स्पेस देखिरहेको छ,यी दुईवटा अर्थतन्त्र बढ्दा खेरी । तर क्यापासिटि नहुँदा र हाम्रा सबै मान्छे त्यो अवसर नदेखेर बाहिर जाँदा हामी त्यसलाई पनि ट्याव गर्न नसक्ने परिस्थितिमा छौं ।’

उनले नेपालमा चाइनिज वस्तु पहिला चाइनाबाट नेपाल आउने र भारतीयले पनि काठमाडौंबाट भारत लैजाने गरेकोमा हाल भारतबाट चाइनिज वस्तु नेपाल भित्रन थालेको भन्दै वस्तु आयातको बदलिँदो पछिल्लो अवस्थाबारे चिन्ता प्रकट गरे । हाल विदेशी मुद्र संचितिदर राम्रै रहेपनि आर्थिक चुनौति यथावत नै रहेको उनको भनाई छ ।

‘ऋणको चिन्ता छ हामीलाई नभएको होइन । विदेशी मुद्राकोपनि बेलामौका छ,तर यतिखेर विदेशी मुद्रा अहिलेको हिसाबले पुग्ने छ । किनभन्दा हाम्रा मान्छे बाहिर गइदिएका छन् उताबाट पठाएका छन् । त्यो हुनाले यतिखेर कुनै संकट छैन् । तर हामीलाई डोमेस्टिक ऋणको बढी भार पर्ने देख्दैछु म बाहिरको भन्दा । बाहिरको ऋण हाम्रो आउनै छोड्यो । हामी बजेटमा जति ऋण लिने भनेर घोषणा गर्छै, आर्थिक वर्षको अन्त्यमा २० देखि २५ प्रतिशत मात्रै विदेशी ऋण आउँछ । बढीमा पनि १०,१५ प्रतिशत भन्दा बढी ग्रान्ट आउनै छोड्यो । घोषणा गरे अनुसारको ग्रान्ट आउँदै आउँदैन । त्यसकारणले यस्ता जो चुनौति छन् ,यसले हामीलाई पनि एउटा चुनौति होला अरु कुराहरुमा चाँही तपाइँहरुको सहयोग हामीलाई चाहिन्छ ।’

 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १३:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार