नेपाली क्रिकेट टोलीलाई मेयर बालेनको हौसला, 'प्रिय खेलाडि व्यवस्थापक र समर्थकहरु ! हामी हिँडेको बाटो गलत छैन' 

बिहीबार, भदौ १४, २०८०

काठमाडौं । पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको नेपाली टोलीलाई काठमाडौं महानगरपालीकाका मेयर बालेन साहले हौसला प्रदान गरेका छन् । 
समाजिक सञ्जालमार्फत उनले 'बाटो लामो छ तर सफलताका लागि हिँड्नु पर्ने बाटो यहि हो । लगाउनु पर्ने हारहरुका मालाहरु पनि यीनै हुन् । प्रिय खेलाडी, व्यवस्थापक र समर्थकहरु ! हामी हिँडेको बाटो गलत छैन', भन्दै एसिया कप क्रिकेटमा नेपाली टोलीलाई हौसला प्रदान गरेका हुन् । 
उनले लेखेका छन्, 'एकपल्ट नेपालका सर्वकालिक खेलाडी पारस खडकाज्यूसँग कुरा भएको थियो मेरो । उहाँ भन्नु हुन्थ्यो, २००८ ताका हामीलाई युएईको बलरसँग खेल्न एकदम गाह्रो हुन्थ्यो । बलको पेस र स्विङले गर्दा बल कहाँ देखि आउथ्यो हामीलाई थाहा नै हुन्न थियो । हामी उनीहरुसँग खेल्दै गयौँ । सिक्दै गयौँ । अहिले एसोसिएट देशहरुमा हाम्रो अवस्था फरक छ । हिजो पाकिस्तानसँगको खेल पनि हामीले देख्दा पारसजीले भने जस्तै रहेको देखियो । हामीलाई पाकिस्तानी खेलाडीका तिव्र बलको सामना गर्न अलिक मुस्किल नै पर्यो । बाबर आजम जस्ता खेलाडीलाई बलिङ गर्नु पर्दा हाम्रा खेलाडीहरुलाई सुरुवातमा केही धक रहे जस्तो देखियो । तर हामीले हिजोबाट सिकाइको नयाँ चरण भोग्यौँ । त्यो सिकाइले हामी भारतसँग खेल्न केही सहज बनाउनेछ । अझै यस्तै विश्वस्तरीय टिम र खेलाडीहरुसँगको सिकाइले केही बर्षमा नै युएईहरुसँग सिकेर हामीले एसोसिएट मुलुकसँग राम्रो खेल्न सके जस्तै भारत, पाकिस्तान जस्ता देशहरुसँग पनि अवश्य राम्रो गर्ने छौँ ।'
बाटो लामो छ तर सफलताका लागि हिँड्नु पर्ने बाटो यहि हो । लगाउनु पर्ने हारहरुका मालाहरु पनि यीनै हुन् । प्रिय खेलाडी, व्यवस्थापक र समर्थकहरु ! हामी हिँडेको बाटो गलत छैन ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार