एसिया कप : श्रीलंका र बंगलादेश भिड्दै 

बिहीबार, भदौ १४, २०८०

काठमाडौ । एसिया कपको दोस्रो खेल आज घरेलु टोली श्रीलंका र बंगलादेशबीच हुँदैछ ।  श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार ३ः१५ बजे सुरु हुँदैछ । साविक विजेता श्रीलंकाले बंगलादेशलाई आफ्नो होम ग्रउण्डमा हराएर एसिया कपको शुरुवात जीतका साथ गर्न चहन्छ ।
यी दुई टोलीले आफ्ना प्रतिद्धन्द्धीहरुसँग खेलेका पछिल्ला ५ खेल हेर्ने हो भने बंगलादेशले ३ वटा खेल जितेको छ भने २ वटा खेल हारेको छ । श्रीलंका भने राम्रो लयमा देखिएको छ उसले आफ्ना ५ वटा खेलमा ५ वटै खेलमा जीत निकालेको छ । श्रीलंकाको टोली भने अहिले युवा टोली छ र यसले विश्व क्रिकेटमा अहिले  राम्रो प्रदर्शन गरिरहेको छ ।
यी दुई टोलीले २०२१ भन्दा यता खेल खेलेका छैनन् । पछिल्ला ५ भेटमा बंगलादेशले दुई खेलमा जीत निकालेको छ भने ३ खेलमा श्रीलंकाले जितेको छ । यी दुई टोलीको हेडटु्हेड हेर्ने हो भने जम्मा ५१ खेल खेलेका छन् जसमा ४० खेल श्रीलंकाले जीतेको छ भने ९ खेलमा बंगलादेश विजयी भएको छ  । २  वटा खेलमा नतिजाविहीन भएको छ । श्रीलंकाको पल्लेकेलेमा भने एउटा खेल खेलेका छन् जसमा श्रीलंका विजयी भएको थियो ।
यसरी यी दुई टोलीको भेटको विश्लेषण गर्दा बंगलादेश भन्दा श्रीलंकाको टीम बलियो देखिन्छ । श्रीलंकालाई हराउँन बंगलदेशलाई निक्कै मुस्किल देखिएको छ । यता श्रीलंकाले होम क्राउडको फाइदा पनि उठाउन सक्छ ।
एसिया कपको आयोजक राष्ट्र पाकिस्तान भए पनि भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि अधिकांश खेलहरू श्रीलंकामा हुँदै छन ।
एसिया कपमा नेपालसहित अफगानिस्तान, बंगलादेश, पाकिस्तान, श्रीलंका र भारत रहेका छन् । एसिया कपको भारत र पाकिस्तान प्रमुख दावेदार भनिए पनि साविक विजेता भने श्रीलंका हो ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार