विशाल लक्ष्य पछ्याएको नेपालको खराब सुरुवात, पहिलो ओभरमै अप्रिदीलाई दुई विकेट

बुधबार, भदौ १३, २०८०

काठमाडौं । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले एसिया कपमा नेपालविरुद्ध पहिलो ओभरमै दुई विकेट लिएका छन् । जितको लागि ३ सय ४३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले २.४ओभरमा ३ विकेट गुमाउँदै १८ रन बनाएको छ ।
नेपालका ओपनर कुशल भुर्तेलले शाहिन शाह अफ्रिदीलाई सुरुवाती दुई बलमा चौका प्रहार गर्दै सुरुवात गरेका थिए । तर लेग साइडको पाँचौं बलमा एज लागेर विकेटकिपर मोहम्मद रिजवानबाट ९ रनमा क्याच आउट भए ।
लगत्तै अर्को बलमा रोहित पौडेल गोल्डेन डक आउट भए । उनी एलबीडब्लू आउट भए । पहिलो रिभ्यु लिएपनि सफल हुन सकेनन् । रोहित नेपाली क्रिकेटमा रिभ्यु लिने पहिलो खेलाडी बनेका छन् ।
मुल्तान क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनायो ।
पाकिस्तानका बाबर आजमले १ सय ३१ बलमा १४ चौका र ४ छक्कासहित १ सय ५१ रनको सानदार शतकीय इनिङ खेले । इफ्तिखार अहमद ७१ बलमा ११ चौका र ४ छक्कासहित १ सय ९ रनमा अविजित रहे । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार