पहिरोका कारण कान्तिलोक पथ अवरुद्ध

शुक्रबार, भदौ ८, २०८०

काठमाडौं । ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा कान्तिलोकपथमा यातायात सेवा अवरुद्ध भएको छ । निरन्तर परेको पानीपछि मकवानपुर र ललितपुरको सिमानास्थित कान्तिलोकपथको भट्टेडाँडामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । 
जिल्ला प्रहरी कार्यालय मकवानपुरले पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको जनाएको छ ।   मौसम सुधार भएमा अपराह्नसम्ममा पहिरो पन्छाइने मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार