माल पाएर चाल नपाएपछि कोदोका गुण ओझेलमा, ‘कोदे’ र ‘तीनपाने’ भने समाजमा चर्चामा 

मंगलबार, साउन १६, २०८०

काभ्रे । बढी मेहनत गर्नु नपर्ने तर हरेक भूगोलमा फल्ने कोदो नेपालमा उपेक्षित बालीमा पर्छ । हिमालदेखि तराईसम्म हुने कोदो औषधीय गुणले भरिपूर्ण भएपनि महत्वमा नपर्दा यस्को गुण ओझेलमा पर्दै गएको छ । तर संयुक्त राष्ट्रसंघले नै सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली बर्ष मनाउने घोषणा गरेपछि नेपाल सरकारले पनि सरकारको नीति तथा कार्यक्रमदेखि लिएर बजेटसम्म पनि यस्को बारेमा व्यवस्था गरेको छ । कोदोजन्य बालीको संरक्षण र प्रवद्र्धनमा बिभिन्न कार्य पनि सरकारले थालेको छ । 
कोदो उत्पादनमा नेपाल विश्वको १३ औं स्थानमा पर्छ । पछिल्लो तथ्यांक अुनसार नेपालमा सन् २०२० मा ३ लाख २० हजार ९ सय ५३ मेट्रिक टन कोदो उत्पादन भएको थियो । तर पनि नेपाल अझै पनि कोदो आयात गर्ने मुलुकमा पर्छ । 
यसैबीच कोदोको बारेमा जनचेतना जगाउन ‘कोदोको बहार ः दिगो, पौष्टिक र स्वादिष्ट आहार’ नाराका साथ सोमबार काभ्रेको मण्डन देउपुर नगरपालिकामा तेस्रो कोदो दिवस मनाईएको छ । 
राष्ट्रिय कृषक समूह महासंघ नेपाल, अनाज नेपाल, मण्डन देउपुर नगरपालिका, खाद्य तथा कृषि संगठन (एफएओ), केयर नेपाल र मिलन महिला कृषक समूहको संयुक्त आयोजनामा मनाइएको कोदो दिवसमा कोदोको महिमाबारे प्रकाश पारिएको थियो । 
कार्यक्रममा एफएओका प्रतिनिधि अर्जुन थापा कोदोजन्य बालीको संरक्षण र प्रवद्र्धनमा एफएओले प्राविधिक सहयोग गर्दै आएको बताए । उनले कोदोजन्य बालीको विकासका लागि आफुहरु तीन तहका सरकारसँग सहकार्य गर्न तयार रहेको बताए । 
बाइट ः अर्जुन थापा, प्रतिनिधि, खाद्य तथा कृषि संगठन (एफएओ) 
यस्तै कृषि तथा पशुपंक्षी मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले कोदोजन्य बाली उत्पादनमा प्रोत्साहन गर्न १ सय ३३ वटा पालिकासँग मिलेर अनुदानसहित कार्यक्रम जारी रहेको बताए । उनले यस वर्ष १ सय ६७ गाउँपालिकामा कोदोजन्य बाली प्रवद्र्धनमा लागेको जानकारी पनि दिए । 
बाइट ः डा. रामकृष्ण श्रेष्ठ, सहसचिव, कृषि तथा पशुपंक्षी मन्त्रालय
कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख समेत रहेका श्रेष्ठले कोदो र फापर जस्ता खाद्यान्नको अभावमा महिलाहरुले आइरन चक्की खानु पर्ने अवस्था आएको बताए । उनले मोबाइलमा अल्मलिएका बालबालिकालाई बजारमा पाउने चाउमिन भन्दा कोदो र फापरबाट बनाइएका खिर, विस्कुट, पिज्जा खुवाउन सकिए उनीहरुको भविष्य स्वास्थ्यको दृष्टिकोणले पनि सुरक्षित हुने बताए । 
बाइट ः डा. रामकृष्ण श्रेष्ठ, सहसचिव, कृषि तथा पशुपंक्षी मन्त्रालय
काभ्रेको मण्डन देउपुर नगरपालिकाका प्रमुख टोपबहादुर मगरले सबैले हेला गर्ने वस्तु कोदो जहाँ पनि फल्ने र स्वास्थ्यका लागि अति शक्तिबद्र्धक भएको बुझाउन नसकिएको बताए । उनले विज्ञता हासिल गरेको मानिस मन्त्री नहुँदा मुलुक वर्वाद भएको चर्चा गर्दै किसानको हित गर्ने सरकार अहिलेसम्म यो देशमा नबनेको दुखेसो पोखे । 
बाइट ः टोपबहादुर मगर, प्रमुख, मण्डन देउपुर नगरपालिका 
नेपालको रैथाने बालीमा पर्ने कोदोका ढिडो अहिले भने धेरै होटल र विदेशी शैलीका रेष्टुरेण्टहरुमा राख्न थालिएको छ । गाउँघर तिर भने कोदोलाई अझै पनि मदिरा र तोङ्वा बनाउन बढी प्रयोगमा ल्याइन्छ । कोदोबाट बनेको घरेलु मदिरा ‘तीनपाने’ नामले प्रख्यात छ । तर कोदोको महत्व नबुझनेहरु भने एकले अर्कालाई गाली गर्दा पनि ‘कोदे’ भन्ने चलन समाजमा व्याप्त छ । 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार