शरणार्थी प्रकरणको अडियोबारे आरजुले भनिन्, 'मविरुद्ध षड्यन्त्र भयो'

मंगलबार, असार २६, २०८०

काठमाडौँ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर सार्वजनिक भएको अडियोबारे कांग्रेस नेतृ एवं प्रतिनिधिसभा सदस्य आरजु राणाले आपत्ति जनाउँदै आफूविरुद्ध षड्यन्त्र गरिएको बताएकी छन् ।
अभियुक्तले बयानको क्रममा गलत भनेको अडियो प्रहरीले सार्वजनिक किन गरेको भन्दै उनले प्रतिप्रश्न गरेकी थिइन् । अडियोमा आफू संलग्न रहेको कुनै प्रमाण नहुने भन्दै उनले उक्त अडियो सार्वजनिक गर्नुको पछाडि षड्यन्त्र भएको दाबी गरेकी छन् । सोमबार संसद्‍ बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राणाले यस्तो प्रतिक्रिया दिएकी हुन् ।
'प्रहरी कहाँ भएको टेप रेकर्ड कसरी बाहिर आयो ? अभियुक्तको बयानमै यो अडियो गलत भन्ने सावित भइसकेको छ । गलत भन्ने थाहा पाउँदा पाउँदै प्रहरीबाट कसरी बाहिर आयो ? यसमा तथ्य नै छैन भन्ने थाहा हुँदाहुँदै बाहिर कसरी ल्याइयो । यो मेरोविरुद्ध षड्यन्त्र भएको हो,' राणाले भनिन् ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ०५:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार