बालुवाटार जग्गा प्रकरणमा समर्जङ कम्पनीका प्रमुखसहित थप २ जना पक्राउ

आइतबार, असार २४, २०८०

काठमाडौँ । ललिता निवास प्रकरणमा जोडिएका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले आइतबार पूर्व नापी अधिकृत ध्रुब अर्याल र समर्जङ कम्पनीको प्रमुख लोकहरी घिमिरेलाई पक्राउ गरेको हो । उनीहरूलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । यो सँगै बालुवाटार जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ । यसअघि गत मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जना एकैपटक पक्राउ परेका थिए । 
गुरुङसहित धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू अहिले पनि हिरासतमै छन् । सीआईबीले पक्राउ गरेका अन्य तीन जनालाई भने त्यही दिन छाडेको थियो। उनीहरूलाई सर्वोच्चबाट पक्राउ नगर्न आदेश जारी भएको थियो । 
त्यस्तै, प्रकरणमा जोडिएका काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो ।
त्यसपछि समर्जङ कम्पनीका तत्कालिन प्रमुख रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई प्रहरीले गत सोमबार पक्राउ गरेको थियो ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार