पप्पु कन्ट्रक्सनका सञ्चालक हरिनाराणण रौनियार पक्राउ 

शनिबार, असार १६, २०८०

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको बानेश्वरबाट पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ गरेको छ । बाँकेमा परेको ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएकाले बानेश्वर प्रहरी वृत्तले उनलाई पक्राउ गरेको हो । 
चार वर्षअघि जयभोले बाबा क्रसरमा के थियो लफडा ?
इलाका प्रहरी कार्यालय नेपालगन्जमा उजुरी परेको झन्डै दुई महिना पछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रवार नयाँ बानेश्वर वृत्तको टोलीले नियन्त्रणमा लिएको हो । ठगी मुद्दामा उनलाई नियन्त्रणमा लिएको हो । उनले निर्माण ठेक्का पाएका पुलदेखि अन्य संरचना मापदण्ड पुरा नगरेको भन्दै विवादमा तानिएका छन् ।
उनलाई चार वर्षअघिको घटनामा प्रहरीले पक्राउ गरेको हो । २०७६ माघमा उनले आफ्नो जय भोले बाबा क्रसर उद्योग विक्री गर्ने रकम लिएका थिए । बाँकेका सोभराम यादवलाई १ करोड ६५ लाख रुपैयाँमा बिक्री गर्ने डिल भएको थियो । डिल अनुसार नै उनले सुरुमा ९५ लाख रुपैयाँ रौनियारलाई बुझाएका थिए ।  केही समयपछि बाँकी रकम बुझाएर क्रसर पास गर्ने कुरा भएको थियो । तर जब सोभराज रकम लिएर क्रसर पास गर्न पुगे काम भएन ।
किनकि अदालतले बैना रकम लिनु भन्दा अगाडी नै क्रसर तत्काल बिक्री नगर्न आदेश दिएको थियो । जुन कुरा रौनियारलाई समेत थाहा थियो। तर त्यसपछि रौनियार रकम समेत फिर्ता नगरेको थाहा पाए पनि क्रसर बिक्री गर्न खोजेको भन्दै उजुरी परेको थियो ।
‘यो क्रस किनबेचको विवाद हो’, जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठौरले भने ।
त्यस्तै उनी विरुद्ध विशेष अदालतमा भष्ट्रचारको मुद्दा दायर भएपछि उनी सांसदबाट स्वतः निलम्बित भएका थिए। 
बर्दियाको जब्दिघाटमा बबई नदीमाथि पुल निर्माणका क्रममा अनियमितता भएको ठहर गर्दै अख्तियारले सांसद रौनियारसहित उनका छोरा सुमित र अन्य १० जना विरुद्ध मुद्दा दायर गरेको हो ।  
बाँकेमा ठगी मुद्दा दर्ता भएकाले जिल्ला अदालत बाँकेबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको हो ।

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार