अर्बौं हिनामिनाको आरोप लागेका शिवशिखर सहकारीका पूर्वअध्यक्ष शर्मा पक्राउ

मंगलबार, असार १२, २०८०

काठमाडौँ । अर्बौं रकमको हिनामिना गरेको आरोप लागेका शिवशिखर सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।

शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतका विभिन्न ठाउँमा लुक्दै आएका शर्मालाई सोमबार पक्राउ गरेको हो । सीआईबीका एसएसपी दिनेश आचार्यले शर्मालाई पक्राउ गरी ठगी प्रकरणमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । यस प्रकरणमा विराटनगरबाट  शर्माकी श्रीमती गीता शर्मा यसअगाडि नै पक्राउ परेको एसएसपी आचार्यले जानकारी दिए ।

भक्तपुर केन्द्रीय कार्यालय रहेको शिव शिखर सहकारीका देशभर ३५ सेवा केन्द्र छन् । पोखराको पर्स्याङमा ०७६ असोज १ बाट पहिलो सेवा केन्द्र सञ्चालनमा आएको हो । यस सहकारीमा २ लाख ७ हजार बढी बचतकर्ताको ८ अर्ब ५० लाख निक्षेप छ । सहकारीको उद्देश्यविपरीत संकलित निक्षेप भौतिक संरचना खरिद र निर्माणमा बढी लगानी हुन थालेपछि वचतकर्ताले आफ्नै पैसासमेत झिक्न पाएका छैनन् ।
शिवशिखर बहुउद्धेश्यीय सहकारीमा वचकर्ताको पैसा हिनामिना भएको उजुरी आएपछि सीआईबीले गत असार १ गते सूचना जारी गर्दै हिनामिनामा संलग्न व्यक्तिउपर प्रमाणसहित जाहेरी दिनसमेत आग्रह गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार