नेपाल–भारत सीमामा हुने मानव तस्करी रोक्न विहारमा छलफल

दीप नेपालका कार्यक्रम संयोजक विष्णु सापकोटाद्धारा कार्यपत्र प्रस्तुत
बुधबार, असार ६, २०८०

काठमाडौं । नेपाल र भारतमा हुने मानव वेचविखनविरुद्धको एक दिने अन्तराष्ट्रिय कार्यशाला भारतको विहारमा सम्पन्न भएको छ । यो कार्यशाला भारतको चाढक्य राष्ट्रिय विधि विश्व विद्यालयले आयोजना तथा मानव तस्करी रोधी इकाई बेतिया कार्यालय रक्सौलको सहकार्यमा आयोजना गरेको हो ।
भारत नेपाल सीमामा हुने मानव वेचविखन रोक्ने उपायका बारेमा दुवै देशका सरकारी तथा गैह्र सरकारी निकायका पदाधिकारीले छलफल गरेका थिए । मानव तस्करीको ऐतिहासिक पृष्ठभूमि, मानव तस्करी तथा पीडितको पहिचानको लागि फिल्म पनि देखाइएको थियो । मानव तस्करी तथा पीडितसँग गर्ने कुराकानीको शैली, मानव तस्करी सम्बन्धी कानुन, मानव तस्करी सम्बन्धी सूचनाको प्रवाह, बाल यौन शोषण, बाल मजदूरी, बाल विवाह जस्ता विषयमा पनि सहभागीले छलफल गरेका थिए । मानव तस्करीमा संलग्नहरूको पहिचानका लागि कसरी सम्वाद गर्ने, कसरी चिन्ने भन्ने बारेमा पनि सहभागीलाई जानकारी दिइएको थियो । 

WhatsApp Image 2023-06-21 at 13.14.201687338345.jpeg
कार्यशालामा बाल अधिकारका क्षेत्रमा कार्यरत प्रमुखद्धय डा.अमनकुमार, चन्दनकुमार सिंह, मुरली मोहन, नेपालका तर्फबाट त्रिभुवन विश्वविद्यालयमा मानव वेचविखन विरुद्धको क्षेत्रमा अनुसन्धान गरिरहेका तथा दीप नेपाल गैर सरकारी संस्थाका कार्यक्रम संयोजक विष्णु सापकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए । नेपालमा बालबालिका जोखिममा पर्ने कारण र मानव वेचविखनका गतिविधि साथै सामाजिक रुपान्तरमा गैर सरकारी तथा सरकारी निकायको भूमिकाको सन्दर्भमा सापकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

WhatsApp Image 2023-06-21 at 13.16.261687338367.jpegउनको कार्यपत्रमा सीमा वारपार हुने कारण र यसको रोक थामका उपायका बारेमा जोड दिएइको छ । कार्यशालामा सर्लाही प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुखसहित सरकारी अधिकृतहरुको उपस्थिति रहेको थियो । भारतीय सीमा सुरक्षा बलका अधिकारीसहित करिब १५० जना कार्यशालामा सहभागी भएका थिए । मानव वेचविखन न्यूनीकरणका क्षेत्रमा कार्यरत नेपाल र भारत दुवैतर्फका संस्थाका प्रतिनिधि पनि कार्यशालामा उपस्थित थिए । 

WhatsApp Image 2023-06-21 at 13.14.321687338345.jpeg

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार