ललितपुर महानगरका सडक उज्यालोसँगसँगै सुरक्षित बन्दै

चक्रपथ बाहिरका वडामा सिसिटिभी क्यामेरा जडान हुने 
शुक्रबार, असार १, २०८०

ललितपुर । ललितपुर महानगरले चक्रपथ बाहिरका वडाहरूमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ । नेपाल प्रहरीसँगको सहकार्यमा महानगरले सुनाकोठी, बुङमति, फर्सिडोल, खोकना, धापाखेल–नागदह खण्डमा सिसिटिभी क्यामेर जडान गर्न लागेको हो । महानगर र जिल्ला प्रहरी परिसरबीच क्यामेरा जडानसम्बन्धी समझदारी पत्रमा महानगरका प्रमुख चिरीबाबु महर्जन र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शिद्धीविक्रम शाहले हस्ताक्षर गरे ।
सझमदारी अनुसार महानगर प्रमुख महर्जनले शाहलाई तीन करोड ५० लाखको चेक हस्तान्तरण गरे । 
महानगर प्रमुख चिरीबाबु महर्जनले सिसीटिभी क्यामेरा जडान नभएको रुटमा सिसिटिभी क्यामेरा जडान गर्ने बताए । अबको तीन वर्षभित्र महानगरका सबै सडकमा स्मार्ट सडक बत्ती जडान हुने धारणा राख्दै स्मार्ट सडक बत्ती जडान भएको रुटमा सिसिटिभी क्यामेरा जडान गर्ने बताए । 

353456497_941136426942016_3247979124786873617_n1686887534.jpg
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले गाँस,बास र कपास पछिको आधारभूत आवश्यकता सुरक्षा भएको बताइन् । उनले सिसिटिभी जडान प्रहरीसँगको महानगरको सहकार्यसँगसँगै नगरवासीको सुरक्षा भएको बताए ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ललितपुर महानगरपालिकामा शान्ति सुरक्षा व्यबस्थापन, अपराध नियन्त्रण न्यूनिकरण, तथा अनुसन्धान, ट्राफिक ब्यवस्थापन समेतको लागि ललितपुर महानगरपालिका र जिल्ला प्रहरी परिसर ललितपुरबीच समझदारी भएको हो । 

354527717_1213433072688837_6293647131861709066_n1686887522.jpg
चेक हस्तान्तरण कार्यक्रममा ललितपुर माहनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल, काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यसहित विभिन्न संघ–संस्थाका पदाधिकारीहरू र पत्रकारको समेत उपस्थित थियो । 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार