वान एक्स बेट कारोबार गरेको आरोपमा ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ

बिहीबार, जेठ ३२, २०८०

काठमाडौं । वान एक्स बेटमा विज्ञापन र सट्टेबाजी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ लगायत अन्य कलाकार समेत रहेका छन् । ‘वानएक्स-बेट’ प्रकरणमा प्रहरीले कलाकार राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी)लाई पनि नियन्त्रणमा लिएको हो। यस्तै, अलिस राई, जलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे, बेगम नेपाली (भटभटे माइला) पनि पक्राउ परेका छन्।

‘वानएक्स-बेट’मा विज्ञापन गरेको आधारमा उनीहरुलाई के हो भनेर सोधपुछ गर्न बोलाएको प्रहरीले जानकारी दिएको छ। उनीसँगै थप ८ जनालाई नियन्त्रणमा लिइएको हो।

त्यस्तै, ‘वानएक्स-बेट’को विज्ञापन गर्ने अन्य कलाकारमाथि पनि प्रहरीले अनुसन्धान थालेको बताएको छ। त्यसो त केहीले कलाकारको अनुमति बिना नै फोटो राखेर विज्ञापन समेत गर्ने गरेका छन् । जसको कारण कलाकारले दुःख पाउने गरेका छन् । बुधवार मात्र प्रहरीले सट्टेबाजी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। उनीहरुले ७४ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको खुलेको थियो । उनीहरूमाथि सामाजिक सञ्जालका भिडिओहरूमार्फत वानएक्स बेटको विज्ञापन गरेको आरोप छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार