सुडानबाट १३ नेपाली सकुशल स्वदेश आइपुगे

शुक्रबार, वैशाख २२, २०८०

काठमाडौँ । द्धन्द्ध ग्रस्त सुडानबाट १३ जना नेपाल नेपालीको सकुशल उद्धार गरिएको छ । उनीहरुको घर फिर्तीका लागि कायरोस्थित नेपाली राजदूतावासले समन्वय गरेको थियो ।
द्धन्द्ध ग्रस्त सुडानमा ३१ जना नेपाली दूतावासको सम्पर्कमा आएका थिए । तीमध्ये १९ जनालाई साउदी अरेबिया सरकारको सहयोगमा जेद्दा पु¥याइएको थियो । साउदी पुगेका १३ जना बिहीबार नेपाल आइपुगेका हुन् । छ जना रोजगारदाता कम्पनीको संयुक्त अरब इमिरेट्सको दुबइस्थित शाखामा स्थानान्तरण भएका छन् । चिनियाँ कम्पनीमा कार्यरत एक जना नेपाली नागरिकको चीन सरकारको सहयोगमा यसअघि नै उद्धार भइसकेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
नौ जना नेपाली नागरिक भारत सरकारको सहयोगमा पोर्ट सुडानबाट हवाईमार्ग हुँदै भारतको अहमदावादका लागि प्रस्थान गरेको छन् । स्वेच्छाले सुडानमै रहेका तीन जनामध्ये रोजगारदाता कम्पनीको प्रबन्धमा एक जना पोर्ट सुडानमा र दुई जना सुडान–इजिप्टको सीमाना नजिक सुरक्षित रहेका छन् । उनीहरु कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका छन् ।
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरुको यसअघि नै सुरक्षित स्थानमा उद्धार भइसकेको छ । सुडानमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्यमा परराष्ट्र मन्त्रालय तथा कायरो, रियाद र जेद्दास्थित नेपाली नियोग सक्रिय रुपमा समन्वय र सहजीकरण गरिररहेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ०५:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार