गोदावरीमा मुहानको पानी संकलन गर्न साँढे दुई लाख लिटरको ट्याङकी बन्दै

मंगलबार, वैशाख १९, २०८०

ललितपुर । गोदावरी नगरपालिका मुहानको पानी संरक्षण गरी वितरण गर्न ट्याङकी निर्माण सुरु गरेको छ । गोदावरी नगरपालिकाले वडा नं ५ स्थित महादेव खोलामा ट्याङकी निर्माण गर्न लगेको हो । निर्माणाधीन ट्याङकीको क्षमता साढे दुई लाख लिटर हुनेछ ।
नगर प्रमुख गजेन्द्र महर्जनले निर्माणाधीन ट्याङकीमा जम्मा भएको पानी  वडा नंं ५ र ६ मा वितरण गर्ने बताए । उनले भने, "केही ठाउँमा पानीको माग पूर्ति गर्नुपर्नेछ , त्यहाँ यो ट्याङकीबाट वितरण हुने पानीले आवश्यकतापूर्ति हुन्छ ।" यो ट्याङकीमा महादेव खोला मुहानको पानी जम्मा हुन्छ । नगरपालिकाले उक्त ट्याङकी निर्माणका लागि एक करोड छुट्याएको छ । । नगर प्रमुख महर्जनले भने, "यसले नपुगे थप रकम व्यवस्था गर्छौ ।"

343941576_1305014467103252_5984740281204509095_n1683041131.jpg

गोदावरी नगरपालिकामा पाँच वर्ष अघिसम्म पानीको चरम अभाव थियो । अहिले त्यो समस्या ९० प्रतिशत समाधान भएको नगर प्रमुख दाबी गर्छन् । भन्छन् "निरन्तरको प्रयासपछि पानीको समस्या कम भएको छ , बस्ती विस्तार र जनघनत्व बढेसँगै माग बढ्दै जान्छ, आवश्यकताको सम्बोधन हुन्छ ।" मुहानको पानी संकलन सहित यो योजनाले मुहानको संरक्षण समेत हुने उनको भनाई छ ।
वडा नं. ५ का वडा अध्यक्ष एंव गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिल्वालले ट्याङकी निर्माणले वडा नंं. ५ र ६ का नागरिक लाभान्वित हुने बताए । उनले भने, "मुहानको संरक्षणसहित पानी संकलन गरेर आवश्यकता पुरा गर्न यो काम थालेका हौं ।" उनले ट्याङकी निर्माणको अर्को उद्देश्य  गोदावरीबासीलाई सफा र स्वच्छ खानेपानी खुवाउनु भएको प्रष्ट पारे ।

344031646_802220404656200_5997954055578514880_n1683041137.jpg
वडा नंं. ६ का वडा अध्यक्ष विष्णुमान महर्जनले वडा नंं. ५ सहित वडा नं ६ को खानेपानीको आवश्यकता यो ट्याङकीबाट वितरण हुने पानीबाट पूर्ति हुने बताए । यस अघि फैडोल खानेपानी आयोजनाबाट पानी लिफ्टििङ गरेर खानेपानीको माग पुरा गरेको स्मरण गरे । उनले भने, "यो योजनाले मुहान संरक्षण, पानी संकलन र आवश्यकता पूर्ति हुन्छ, त्यसैले यो महत्वपूर्ण छ ।"

344011614_3447002682294087_1796761522225529547_n1683041130.jpg

 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  २१:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार