सुडानमा ३० जना नेपाली दूतावासको सम्पर्कमा, साउदी अरेबिया सरकारको सहयोगमा १९ नेपालीको उद्धार

सोमबार, वैशाख १८, २०८०

काठमाडौँ । सरकारले सुडानमा रहेका ३० जना नेपाली कायरोस्थित नेपाली राजदूतावाससँग सम्पर्कमा रहेका जनाएको छ । सुडानमा पुगेका १९ नेपालीको भने साउदी अरेबिया सरकारको सहयोगमा उद्धार गरिएको जेद्दास्थित नेपाली दूतावासले जनाएको छ । सुडानमा सरकारी सुरक्षाकर्मी र लडाकूबीच द्धन्द्ध चलिरहेको छ । जटिल सुरक्षा अवस्थामा त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि प्रयास जारी राखिएको सरकारले जनाएको छ । कायरोस्थित नेपाली राजदूतावाससँग सम्पर्कमा रहेका ११ नेपालीमध्ये पाँच जना पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेको, एक जनालाई खार्तुमबाट पोर्ट सुडान पु¥याउने प्रयास भइरहेको, तीन जना रोजगारदाता कम्पनीको सहयोगमा पोर्ट सुडान पुगी स्वेच्छाले त्यहाँस्थित एक होटेलमा बसेको, दुई जनालाई रोजगारदाता कम्पनीले खार्तुमबाट इजिप्टको सिमाना नजिकैको सुरक्षित स्थानमा लैजाने व्यवस्था मिलाइएको राजदूतावासले जानकारी गराएको छ ।
सुडानमा रहेका नेपाली नागरिकसँग निरन्तर सम्पर्कमा रही कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।

mofa 1682932725.png


संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीबाहेक हालसम्म अन्य ३० जना नेपाली नागरिक कायरोस्थित नेपाली राजदूतावाससँग सम्पर्कमा रहेका छन् । दूतावासको अनुरोधबमोजिम पोर्ट सुडानमा पुगेका १९ नेपाली साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा सहरमा सुरक्षित तवरले सकुशल आइपुगेको जेद्दास्थित नेपाली महावाणिज्यदूतावासले जानकारी गराएको छ ।
यसअघि नै एक नेपाली सकुशल जेद्दा पुगेको र त्यहाँ आइपुगेका सबै नेपालीको नेपाल फिर्तीका लागि सहजीकरण भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार