काेराेना सङ्क्रमणको  जोखिम बढेपनि सिरहामा तयारी सुस्त

शुक्रबार, वैशाख २४, २०७८

लहान । दोश्रो लहरका कोभिड १९ सङ्क्रमण तीब्र  फैलिरहँदा सिरहाका स्थानीय तहको तयारी सुस्त  छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय तहहरूलाई कोरोना महामारी विरुद्ध तयारी अवस्थामा रहन पटक पटक आग्रह गरेपनि स्थानीय तहको तयारी प्रभावकारी हुन सकेको छैन ।  कतिपय स्थानीय तहको तयारी एकदमै सुस्त छ भने कतिपयले कुनै तयारी समेत नगरेको पाइएको छ । प्रदेश २ सरकारले केही दिनअघि प्रत्येक स्थानीय तहलाई क्वारेन्टिन र आइशोलेसन व्यवस्थापन गर्न निर्देशन दिएको भएपनि अझै त्यो कार्यान्वयन गर्न सकेको देखिदैन ।  कोरोनाको पहिलो लहरमा जोडतोडका साथ क्वारेन्टिन, आइशोलेसन लगायतको तयारीमा जुटेका स्थानीय तहले दोस्रो लहर तीब्र बनिरहँदा नियन्त्रण, रोकथाममा क्वारेन्टिन र आइशोलेसन व्यवस्थापनमा उदासिन रहेको देखिएको छ । अघिल्लोे वर्ष लकडाउन प्रभावितलाई राहत वितरणसँगै भारत सहित अन्य मुलुकबाट आएकाहरूलाई क्वारेन्टिनमा ल्याउने, सङक्रमितलाई आइशोलेसनसम्म पु¥याउने, कन्ट्याक्ट्र टेसिङ्गमा सक्रिय जिल्लाका जनप्रतिनिधिले यतिबेला दोस्रो लहर तीब्र बनिरहँदा तोकेका छैनन् ।  सङ्क्रमण दर अघिल्लो कोरोनाको पहिलो लहर  भन्दा दोस्रो लहर तीब्र छ । दोस्रो लहर चलिरहँदा जिल्लामा सक्रिय सङ्क्रमित १२९ पुगेको छ भने चार जनाको सङ्क्रमणकै कारण मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले दैनिक ४० जना भन्दा बढी नयाँ सङ्क्रमित थपिदै गएका छन् ।  जिल्लाका स्थानीय तहले अहिलेसम्म न त क्वारेन्टिन व्यवस्थापन गर्न सकेको न त आइशोलेसन र अक्सिजन सिलिन्डरकै व्यवस्था मिलाउन सकेका छन् । जिल्लाका स्थानीय तहमा ५÷५ श्ययाको कोरोना अस्पताल छन् । त्यसबाहेक थप आइशोलेशन बनाउने तफ अधिकांश स्थानीय तहले अझै ध्यान दिन नसकेको पत्रकार शुभनारायण कामतीको भनाइ छ ।  ‘ऐन कानुनले स्थानीय तहहरूलाई स्वायत बनाएर जिम्मेवारी थपिएको छ’, उनले भने, ‘जिम्मेवारी स्थानीय तहलाई दिएको छ, त्यो अनुसारको जनप्रतिनिधिहरूले काम गर्न सकिरहेको छैन् ।’ जनता संकटमा परेकाले जनप्रतिनिधि सक्रिय हुनुपर्ने उनको सुझाब छ ।  भारतीय सिमाक्षेत्रमा भइरहेको आवत जावतलाई रोक्न र भारततर्फबाट आउनेहरूलाई कुन ठाउँमा राख्ने बिषयमा स्थानीय तहको कुनै चासो देखिदैन् । ‘दैनिक उपभोग्य समान लिन भारतीय बजार जाने क्रम अझै रोकिएको छैन्’,  बरियारपट्टी बजारका शम्भु यादवले भने, ‘भारतीय बजारबाट फर्किनेहरूलाई नत होल्डिङ्ग सेन्टर बनाएर राखिने गरिएको नत कुनै स्वास्थ्य जाँच नै गरिन्छ ।’ बिना जाँच घर फर्किदाँ संक्रमण अझ भयावह हुने अवस्था देखिएको उनको कथन छ । 
सिमाक्षेत्रमा ओहोर दोहोर गर्नेलाई जाँच गर्दा पोजेटिम पाइएकाहरूलाई राख्ने ठाउँ नै नरहेकाले बिना पिसिआर जाँच घर फर्काउने गरिएको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीहरू बताउँछन् । खुल्ला सिमानाका कारण खुल्लेआम भारतीय सिमाक्षेत्रमा हुने आवतजावतलाई रोक्ने प्रयास गरेपनि जनप्रतिनिधिहरूले साथ नदिदाँ समस्या भईरहेको सशस्त्र प्रहरीको भनाइ छ । 
‘अघिल्लो कोरोना कालमा भारतीय सिमाक्षेत्रबाट हुने आवतजावत रोक्ने देखि आएकाहरूलाई क्वारेन्टिन बनाएर राख्न जनप्रतिनिधिहरूले अग्रसरता देखाएको थियो’, सशस्त्र प्रहरी बेश क्याम्प बरियारपट्टीका प्रहरी निरीक्षक रुद्र बुढाथोकीले भने, ‘तर यसपालि खासै जनप्रतिनिधिहरूको त्यस्तो सक्रियता देखिदैन् ।’ जनप्रतिनिधिहरू सक्रिय नहुदाँ जोखिम बढ्दै गएको उहाँको कथन थियो । 
खासगरी जिल्लामा भारतीय सिमासँग जोडिएका प्रमुख ४ वटा नाकाहरू छन् । मुख्य नाका माड्रसँगै ठाडी, बरियारपट्टी र झाँझपट्टी नाका छन् । ती सबै नाकाहरूमा हेल्थ डेक्स स्थापना गर्नु बाहेक स्थानीय तहहरूले खासै कुनै तयारी नगरेको स्थानीयहरूको गुनासो छ । अघिल्लो कोरोना कालको जस्तो अहिले परिस्थिति आईनसकेकाले क्वारेन्टिन र आईसोलेशन नबनाएको सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन यादवले बताए ।  ‘सिमा नाका शिल गरिएकोले भारतबाट नेपाल आउनेहरूको संख्या न्युन मात्रै छ’ उनले भने, ‘त्यसैले क्वारेन्टिनको अहिलेसम्म आवश्यकता परेको छैन्, कसैलाई पनि आईसोलेशनमा राख्नुपर्ने स्थिति आएको छैन् ।’ यद्यपी क्वारेन्टिन र आईसोलेशन तयारी अवस्थामा राख्ने बिषयमा छलफल भईरहेको उनको कथन छ ।  
गाउँपालिकाभित्र कोरोना संक्रमण पुष्टी भए तत्काल कन्ट्याक्ट्र ट्रेसिङ्ग गर्न केही थान आरडिटी किट खरिद गरेर राखेको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए ।  सदरमुकाम समेत रहेको सिरहा नगरपालिकाले सङ्क्रमण बढ्दै जाँदा क्वारेन्टिन र आइशोलेसन व्यवस्थापनसँगै कन्ट्याक्ट्र ट्रेसिङ्गको योजना बनाएर अघि बढिरहेको छ । उनले भने, ‘जिल्लामा रहेको कोभिड अस्पतालमा आईसोलेसन बेड थप्ने र आइसियू तथा भेन्टिलेटरको व्यस्था कसरी मिलाउने बिषयमा नियमित छलफल भइरहेको छ, हामीले गर्नुपर्ने अन्य पुर्व तयारीको काम गरिरहेका छौं ।’  सदरमुकाम समेत भएकाले गर्नुपर्ने दायित्व आफुहरूलाई बढी तर त्यो अनुसारको अन्य स्थानीय तहहरूबाट सहयोग नपाएको उनको दुखसो थियो ।  अन्य स्थानीय तह भन्दा कोरोना रोकथाम र नियन्त्रणको पुर्व तयारीमा अगाडी देखिएको सिरहाको बरियारपट्टी गाउँपालिकाले क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनका लागि चाहिने समानहरू खरिद गरिसकेको छ ।
‘यसअघि अघिल्लो कोरोना कालमा रहेको ठाउँमै क्वारेन्टिन र आईसोलेसन राख्ने निर्णय गरिसकेका छौं’, गाउँपालिका अध्यक्ष सन्तोष मेहताले भने, ‘त्यो अनुसार चाहिने खाँट, झुल, ताना लगायतका समानहरू खरिद गरि सकेको र छिटै क्वारेन्टिन र आईसोलेसन बेड तयार पार्छाै ।’  तत्कालका लागि ५  अक्सिजन सिलिन्डर समेत खरिद गरेर गाउँपालिकामा रहेको ५ शय्याको कोभिड अस्पताललाई उपलब्ध गराएको गाउँपालिका अध्यक्ष महेताले जानकारी दिए । उनका अनुसार कन्ट्याक्ट्र ट्रेसिङ्गका लागि चाहिने किट ४०० थान गाउँपालिकासँग सुरक्षित छ । जिल्लामै सबै भन्दा बढी कोरोना सङ्क्रमित रहेका गोलबजार नगरपालिकाले पनि क्वारेन्टिन र आइशोलेसन बनाउन नसक्दा सङ्क्रमित होम आइशोलेसनमै बस्दै आएका छन् । नगरक्षेत्रमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि नगरपालिकाले २५ श्ययाको कोभिड अस्पताल बनाउन थालिएको नगरप्रमुख देवनाथ साहको भनाइ छ ।  ‘संक्रमण दर बढ्दै गएपछि हामीले तत्कालका लागि २५ शैय्याको कोभिड अस्पताल नै बनाउन जुटेका छौं’, उनले भने, ‘१५ दिनभित्र उक्त अस्पताल निर्माण हुन्छ ।’ 
नगरपालिकाले होम आइशोलेसनमा बसेका नगरक्षेत्रका ५२ सङ्क्रमितहरूलाई मास्क र स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्दै आएको उनको कथन थियो ।  बढ्दो कोरोना कहरलाई मध्यनजर गरी बजेट अभावको बाबजुद तत्कालका लागि जिल्ला अस्पतालको मातहतमा रहने गरी हाल सिरहामा २६ शय्याको कोभिड १९ अस्पताल तयार पारिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । सो अस्पतालमा अक्सिजन प्लान्टसहित ५ शै्य्याको आईसियू र २ शैयुयाको भेन्टिलेटर वेड तयारी अवस्था राखिएको छ ।  कोरोना सङ्क्रमण तीब्र गतिमा फैलिन थालिएपनि प्रदेश सरकारले बजेट उपलब्ध नगराउँदा थप आइशोलेसन श्यया थप्ने लगायतका अपेक्षाकृत रूपमा पूर्व तयारीको काम गर्न नसकिरहेको उनले बताए ।  जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले विभिन्न शिर्षकमा प्रदेश सरकारसँग रु.४७ लाख माग गर्ने निर्णय गरी पठाएपनि हालसम्म बजेट प्राप्त नहुदाँ समस्या भएको प्रजिअ कणँेलको कथन छ ।  डिसिसिएमसीले जोखिम न्यूनिकरणका लागि रु.२० लाख, सिआइसिटी मोविलाइजेशन शिर्षकमा रु.१० लाख, अत्यावश्यक औषधी खरिद गर्न रु.२० लाख र एम्बुलेन्स तथा शव वाहन परिचालन गर्न रु.७ लाख प्रदेश सरकारसँग माग गरेको जनाएको छ ।  स्थानीय तहलाई आवश्यक पर्ने औषधि, जनशक्ति, सामग्री र स्वास्थ्य उपकरणको पर्याप्त बन्दोबस्त मिलाउन समेत निर्देशन दिएको उनको भनाइ छ । दोस्रो लहरको सङ्क्रमणका कारण जिल्लामा १७४ जना सङ्क्रमित छन् भने चार जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  ०७:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार