उद्योग वाणिज्य महासंघ : वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र जिल्लारनगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी

उद्योग वाणिज्य महासंघको निर्वाचन परिणाम आउन थाल्यो
बिहीबार, चैत ३०, २०७९

काठमाडौँ । हिजो सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको मतदानको नतिजा आउन थालेको छ । सार्वनिक भएको नतिजा अनुसार वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल तथा जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन् ।
जिल्ला नगर उपाध्यक्षमा निर्वाचित वैद्यले ४३ मत ल्याए भने उनका प्रतिस्पर्धीहरु अरुण सुमार्गीले ३७ मत र दिनेश श्रेष्ठले ३४ मत मात्रै ल्याएको महासंघ निर्वाचन समितिले जनाएको छ ।  सुरकृष्ण रामचन्द्र संघई प्यानलका हुन् ।  अरुण अन्जन श्रेष्ठको प्यानलबाट र दिनेश उमेशलालको प्यानलबाट रहेका छन् ।  जिल्लानगरका ११८ मतदाता थिए । ११७ मत खसेको थियो ।

जिल्लारनगरमा को–को विजयी
जिल्ला नगर कार्यसमिति सदस्यमा १८ जना निर्वाचित भएका छन् ।
मोहन प्रसाद श्रेष्ठ (९१ मत), प्रयास कार्की  (८८ मत), अमरेश चन्द्र बैदार (८१ मत),  तारा बहादुर कार्की  (८१ मत) नविन रिजाल  (७९ मत), उमेश डालमिया (७३ मत),  बेदबहादुर श्रेष्ठ (७२ मत), उज्ज्वल प्रसाद कसजु (७२ मतं), अब्दुल वाहिद मन्सुर (७० मत), कल्पना गैरे (७० मत)
किशोर कुमार आचार्य (६९ मत), केशब प्रसाद भण्डारी (६७ मत), कृष्ण कटुवाल (६७ मत), पुष्पराज कुंवर (६६ मत) अनिलकृष्ण श्रेष्ठ (६४ मत)
गोकुल श्रेष्ठ (६४ मत), निरक के.सी. (६३ मत), लक्ष्मण राज पौडेल (६२ मत)

वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल
नेपाल उद्योग वाणिज्य महासंघको बुधबार सम्पन्न भएको निर्वाचनको मतपरिणाम अनुसार वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठको प्यानलबाट चुनाव लडेका हेमराज ढकाल निर्वाचित भएका छन् ।
६१ मत पाएका उनले अन्जन श्रेष्ठको प्यानलका मनिषलाल प्रधान (५२ मत) र रामचन्द्र संघाई प्यानलका सुकुन्तलाल हिराचन (७ मत) लाई पराजित गरेका हुन् ।  २ मत भने बदर भएको छ।
वस्तुगत सदस्यमा १४ जना विजयी
नेपाल उद्योग वाणिज्य महासंघको बुधबार दिउँसो भएको मतदानअन्तर्गत वस्तुगत सदस्यहरुको अन्तिम परिणाम आएको छ ।
सबैभन्दा धेरै मत ल्याउने १४ जना वस्तुगत सदस्यहरु विजयी भएका हुन् ।
तिनमा नरेशलाल श्रेष्ठ (९१ मत), लिलेन्द्र प्रसाद प्रधान (८३ मत), हरिबहादुर कार्की (८२ मत), शिवप्रसाद घिमिरे (७९ मत), अरनिको राजभण्डारी (७६ मत) छन् ।
त्यस्तै डा. सुबोधकुमार गुप्ता (७५ मत), रविन पुरी (७४ मत), शोभा ज्ञवाली (७२ मत), भक्तबहादुर हमाल (७२ मत), नानीराज घिमिरे (७२ मत) पनि विजयी भएका छन्।
त्यसैगरी मनोज अधिकारी (६७ मत), कमला श्रेष्ठ (६६ मत), पशुपतिदेव पाण्डे (६५ मत) र राजकुमार कार्की ‘राजु’ (६२ मत) ल्याएर विजयी भएका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ०५:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार