ललितपुर महानगरले सुरु गर्‍यो लैंगिक हिंसा उद्धार र राहत हटलाइन

सेवाका लागि ११३१ मा सम्पर्क गर्नुस
सोमबार, चैत २७, २०७९

ललितपुर : ललितपुर महानगरले लैंगिक हिंसामा तत्काल उद्धार र राहतका लागि हटलाईन सेवा सुरु गरेको छ । हिंसामा परेका व्यक्तिले तत्काल उद्धार राहत पाउनका लागि ११३१ मा सम्पर्क गर्न सक्छन् । नगर प्रहरी लैंगिक हिंसाका बारेमा चेतना जगाउन र हटलाइन ११३१को बारेमा जानकारी दिन चोक नगर प्रहरी महानगरको चोक र गल्तीमा पुग्न सुरु गरेका छन् । हटलाइन सेवाको सोमबार ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्य ले संयुक्त रुपमा उद्घाटन गरे । नगर प्रमुख चिरीबाबु महर्जनले लैंगिक हिंसा न्यूनीकरणका लागि हटलाइन नम्बरको प्रयोगले सहयोग गर्ने बताए । हिंसारहित महानगर भएमात्रै महानगर स्मार्ट हुने उनले प्रष्ट पारे ।

340460167_1266060264016771_1955609678871835728_n1681109720.jpgउपप्रमुख मंजली शाक्य बज्राचार्यले आफूमा भएको हिंसा यो हटलाइन नम्बरमा सम्पर्क गरेर निर्धक्क राख्न नगरवासीलाई सल्लाह दिइन् । महानगरले महिलालाई उद्यमशीलतासँग जोड्न विभिन्न कार्यक्रम ल्याएका जानकारी दिइन् । आर्थिक रुपमा समक्ष भए मात्रै हिंसा विरुद्ध आवाज उठाउन सकिने उनको भनाई थियो । ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले लैंगिक हिंसामुक्त समाज सबैको चाहना भएको बताए । महानगरले सुरु गरेको हटलाइन हिंसा न्यूनिकरणका लागि सहयोगसिद्ध हुने स्पष्ट पारे ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १२:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार