सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले हाल संकलित राजस्वले साधारण खर्च नपुग्ने अवस्था सिर्जना भएको बताएका छन् । आर्थिक मिडिया सञ्चालकसँगको भेटमा अर्थमन्त्री डा। महतले पुँजीगत खर्च नहुँदा समस्या बढेको बताएका हुन् । उनले पुँजीगत खर्चका लागि आन्तरिक र बाह्य ऋणमा निर्भर रहनुपर्ने अवस्था सिर्जना भएकाले पनि समस्या उत्पन्न भएको बताए । महतले आर्थिक वृद्धिदरको सूचांक धेरै निराशाजनक नभए पनि माग र आपूर्तिको समस्या, लगानीकर्ताका आफ्नै समस्या, ब्याजदरको समस्या, पुँजी बजारमा समस्या देखिएको बताए । अहिलेको असहज परिस्थितिका कारण केही अप्ठ्यारो भएको पनि उनले बताए । ती अप्ठ्यारा सामना गर्न सकिने पनि उनले बताएका छन् । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको समस्यामा नकारात्मक सूचांकलाई सकारात्मक दिशामा फर्काउन सकिने मन्त्री डा। महतले बताए ।
विराटनगर महानगरको कर सङ्कलन अभियान
विराटनगर महानगरपालिकाको आन्तरिक आय अभिवृद्धि गर्ने उद्देश्यका साथ वडा सदस्यसमेत रहेका सम्पर्क व्यक्तिका लागि क्षमता वृद्धि तालिम सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा करविज्ञ खगेन्द्र खतिवडाले सहजीकरण गर्ने र तालिममा १९ वटै वडाका सम्पर्क व्यक्ति सहभागी छन् । महानगरले आफ्नो आन्तरिक आय बढाउन हरेक वडामा सदस्यलाई चार वर्षका लागि सम्पर्क व्यक्ति तोकेको छ । तोकिएका सम्पर्क व्यक्तिले स्वयम्सेवकसँगै घरदैलोमा जाने, कर बढाउन अभियान सञ्चालन गर्ने, करको दायरामा ल्याउन करदाता शिक्षा अभियान सञ्चालन गर्नेसहित विकास निर्माणका विषयमा सहजीकरण गर्दै आएका छन् । करका विषयमा समस्या आए सम्पर्क व्यक्तिले महानगरसँग समन्वय गरेर समाधान गर्नेछन् । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले आन्तरिक आय वृद्धिका लागि महानगरले कर सङ्कलन अभियान सञ्चालन गरिरहेको बताए । आन्तरिक आय बलियो नबनाएसम्म विकास निर्माणले गति लिन नसक्ने उनको भनाइ थियो ।