हिमाल आरोहणको याम सुरु, दुई सय आरोहीले लिए सगरमाथा आरोहण अनुमति

सोमबार, चैत २७, २०७९

काठमाडौँ । नेपालका उच्च हिमाली क्षेत्र विदेशी तथा स्वदेशी पर्यटकको आकर्षको केन्द्र बन्दै आएको छ । एडमण्ड हिलारी तथा तेञ्जिड नोर्गे शेर्पाले सगरमाथाा आरोहण गरेपछि त झन नेपालको हिमाल विश्वका पर्यटकका आकर्षणको केन्द्र नै बन्यो । हिमाल आरोहणका लागि वसन्त याम उपयुक्त हो । वसन्त याममा हिमाल आरोहणका लागि अहिलेसम्म २० आरोही समूहका झन्डै दुई सय आरोहीले अनुमति लिएका छन् । पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाका अनुसार सगरमाथा आरोहणका लागि २० आरोही समूहमा ३१ महिला र एक सय ६६ पुरुष गरी कूल एक सय ९७ आरोहीले अनुमति लिएका हुन् । यो ऋतुमा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आरोही आइरहेका छन् ।
सगरमाथासहित विभिन्न हिमाल तथा चुली आरोहणका लागि ५५ आरोही समूहका चार सय ६० बढी आरोहीहरूले अनुमति लिएका छन् । हिमाल आरोहणबाट झन्डै रु २८ करोड रोयल्टी जम्मा भएको छ ।
नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले यो ऋतु सगरमाथा आरोहण गर्नेका लागि निकै उत्साहबरद्धक हुने विश्वास व्यक्त गरेका छन् ।
कोभिड–१९ महामारीपूर्वको अवस्थाभन्दा पनि राम्रो हिमाल आरोहण हुने अनुमान गरिएको छ ।

 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ११:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार