मिटरब्याज पीडितको दोस्रो समूहसँग सरकारी वार्ता टोलीले सुरु गर्‍यो आजदेखि वार्ता

आइतबार, चैत २६, २०७९

काठमाडौँ । एउटा समूहसँगको सहमतिपछि आयोग गठन गरी विषयवस्तुबारे अध्ययन थालेको सरकारले पुनः यस्तै माग लिएर आएको मिटरब्याज पीडितहरुको अर्काे समूहसँग बार्ता सुरु गरेको छ । सरकारी वार्ता टोलीले आजदेखि मिटरब्याज पीडितहरुको दोस्रो समूहसँग वार्ता सुरु गरेको हो । सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले काठमाडौंकाे शान्तिबाटिकामा  मिटरब्याजी पीडित बसेको स्थानमा पुगेर आज पहिलो चरणको वार्ता गरेका हुन् । भोलि १० बजे गृह मन्त्रालयमा वार्ता गर्ने सहमति भएको छ । यसअघि मिटरब्याज पीडितको पहिलो समूहसँग गृह मन्त्रालयले चैत १८ गते पाँच बुँदे सहमति गरेको थियो । त्यो सहमति अपूरो भएको भन्दै अहिलेका मिटरब्याजी पीडित सङ्घर्ष समितिले छ बुँदे माग राखेका छन् ।
मिटरब्याजीका नाममा भएको सबै लिखत अवैध घोषणा गर्नुपर्ने, आफूहरु विरुद्धको मुद्दा स्थगित र फैसला भएको मुद्दाको पुनरावलोकन हुनुपर्ने, पक्राउ पुर्जी खारेज, कारागार गएकाको रिहाइ बैंकिङ कसुरका मुद्दा खारेज तथा मिटरब्याजीको सम्पत्ति छानबिन लगायतको माग आफूहरुको रहेको सङ्घर्ष समितिका संयोजक अवदेश कुशवाहले बताए । मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन गरेको छ ।

 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  २१:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार