यी हुन् पब्लिक क्याम्पस संघका सर्वसम्मत निर्वाचित पदाधिकारी

अध्यक्षमा शत्रुध्नप्रसाद गुप्ता तथा महासचिवमा गोविन्दबहादुर कार्की
आइतबार, चैत २६, २०७९

काठमाडौं । नेपाल पब्लिक क्याम्पस संघको अध्यक्षमा काठमाडौं शिक्षा क्याम्पसका क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ता सर्वसम्मत निर्वाचित भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार भएका गुप्ता संघको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
देशभरका ५३४ वटा सामुदायिक क्याम्पसहरुको छाता संस्था नेपाल पब्लिक क्याम्पस संघको १२औं राष्ट्रिय अधिवेशनबाट शुक्रबारदेखि राजधानीमा सुरु भएको हो ।
संघको महाधिवेशनले महासचिवमा गोविन्द कार्कीलाई चयन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले उद्घाटन गरेको संघको १२औं राष्ट्रिय अधिवेशनले गुप्ताको अध्यक्षतामा ४२ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गर्दै सम्पन्न भएको छ । संघको उपाध्यक्षमा प्रदीपकुमार कटुवाल, लोकराज भण्डारी, धर्मदेव भट्ट, महासचिवमा गोविन्दबहादुर कार्की, उपमहासचिवद्धयमा नेत्रप्रसाद न्यौपाने र टंक पौडेल, कोषाध्यक्षमा राजन मिश्रलाई चयन गरेको छ ।

satgu1680969759.jpg

यस्तै महाधिवेशनले सातै प्रदेशको संयोजक पनि सर्वसम्मत रुपमा चयन गरेको छ । कोशी प्रदेश संयोजकमा टीकाराम गुरुड, मधेशप्रदेश संयोजकमा किशोरकुमार साह, बाग्मती प्रदेश संयोजकमा शैलेन्द्र कुइँकेल, गण्डकी प्रदेश संयोजकमा ऋषिराम बुढाथोकी, लुम्बिनी संयोजकमा कृष्ण खनाल, कर्णाली संयोजकमा तेजबहादुर मल्ल, सुदूरपश्चिम संयोजकमा ईश्वरबहादुर सोडारी सर्वसम्मत चयन भएका छन् ।
यस्तै महाधिवेशनले संघकको केन्द्रीय सदस्यमा भूमिदत्त पौडेल, नारायणप्रसाद पौडेल, वकिल बस्नेत, मित्रलाल न्यौपाने, सञ्जयकुमार साह, केशवराज काफ्ले, डा. शान्तराज शर्मा न्यौपाने, विकास उप्रेती, वसन्त पौडेल, नवराज शर्मा,गोविन्द प्रसाद पराजुली, नारायणप्रसाद अर्याल, हरि कुँवर, पुष्पलाल ढकाल, केशवराज अधिकारी, अम्बिका रुपाखेती, गणेशमान गिरी, राजन श्रेष्ठ, गणेशकुमार चौधरी, खिमराज घिमिरे, केशवप्रसाद तिमिल्सिना, रणबहादुर खड्का, विनोदकुमार ओली तथा भूपेन्द्र कोइरालालाई सर्वसम्मत चयन गरेको छ ।
यस्तै महाधिवेशनले केन्द्रीय लेखा आयोगको संयोजकमा सावित्रा दाहाल भट्टराई, धर्मराज बराल तथा महेश पाण्डेलाई चयन गरेको छ ।

sat1680969759.jpg

 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार