स्थायी सम्बन्धनको व्यवस्था गर्न माग

सामुदायिक क्याम्पसलाई जग्गा प्राप्तिमा खुकुलो बनिदिन सरकारलाई पब्लिक क्याम्पस संघको आग्रह

१४ बुँदे घोषणापत्र जारी गर्दै सकियो संघको १२ औं महाधिवेशन
आइतबार, चैत २६, २०७९

काठमाडौं । नेपाल पब्लिक क्याम्पस सङ्घले जनस्तरबाट सञ्चालित सामुदायिक क्याम्पसहरुले भौतिक संरचना निर्माण भएका एवम् उपभोग भइरहेका सार्वजनिक, ऐलानी, पर्ति जग्गा क्याम्पसको नाममा नामसारी वा दर्ता गर्ने व्यवस्था गर्न सरकार समक्ष माग राखेको छ ।
शुक्रबार र शनिबार दुई दिनसम्म चलेको संघको १२ औं राष्ट्रिय महाधिवेशनले पारित गरेको काठमाडौं घोषणपत्रमा संघले सामुदायिक क्याम्पसहरुको नविकरणको प्रावधानलाई खारेज गरी स्थायी सम्बन्धनको व्यवस्था गर्न सम्बन्धित विश्व विद्यालयसँग माग गरेको छ ।
पब्लिक क्याम्पसमा कार्यरत प्राध्यापक–कर्मचारीहरुको योग्यता र अनुभवको कदर गर्दै स्तर निर्धारण गरी सेवा सुविधाको प्रत्यभूति गर्न पनि पब्लिक क्याम्पस संघले माग गरेको छ ।
सामुदायिक क्याम्पसको व्यवस्थापन र संस्ंथागत विकासका लागि नेपाल पब्लिक विश्वविद्यालय तत्काल स्वीकृत गर्न सरकारसमक्ष माग राखेको छ ।
नेपालको उच्च शिक्षामा देखिएको अनिश्चिततालाई अन्त्य गर्न तत्काल उच्च शिक्षा नीति तय गरी लागू गर्न सरकार समक्ष माग गरेको छ ।

sat1680969759.jpg
१४ बुँदे काठमाडौं घोषणा पत्रमा संघले राज्यको पुनः संरचनासँगै प्रदेशिक सामुदायिक विश्वविद्यालय स्थापना गर्न पनि सरकार समक्ष माग गरेको छ ।
विश्वविद्यालय अनुदान आयोगमार्फत सामुदायिक क्याम्पसहरुको सहयोगका लागि उपलब्ध गराइने नियमित अनुदान बृद्धि गर्न, पब्लिक क्याम्पसहरुको गुणस्तर विकासका लागि NEHEP लाई प्रभावकारी र सरलीकृति रुपमा लागू गराउन सम्बन्धित निकाय समक्ष संघले माग गरेको छ ।
त्रिभुवन विश्वविद्यालय तथा अन्य विश्व विद्यालयहरुद्धारा निश्चित शैक्षिक क्यालेण्डर तयार पारी सोही अनुसार नियमित रुपमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्न तथा  विश्वविद्यालयद्वारा वार्षिक एवम् सेमेष्टर प्रणालीअन्तर्गत सञ्चालित परीक्षाहरुको परीक्षा केन्द्रलाई भूगोलका आधारमा पुनःर्संंरचना गरी सम्पूर्ण सञ्चालन खर्च विश्वविद्यालयले व्यहोर्र्ने गरी व्यवस्था गर्न पनि माग गरेको छ ।

pub1680916021.jpg
विदेश पलायन हुने क्रमलाई रोक्न पढ्दै कमाउँदै कार्यक्रमलाई लागू गर्नुको साथै Self Sustaining Program सञ्चालनका लागि क्याम्पसहरुको सक्षमताका आधारमा अनुमति दिने व्यवस्था मिलाउन तथा स्वदेशी विश्व्विद्यालयहरुबाट अनुमति लिई सञ्चालित उच्च शैक्षिक संस्थाहरुको हितविपरित विदेशी विश्वविद्यालयबाट अनुमति दिने प्रक्रियालाई नियमन गर्न तथा  मर्जरमा जानुभन्दा अगाडि न्यून विद्यार्थी रहेका सामुदायिका क्याम्पसहरुको सवलीकरणका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत् विशेष कार्यक्रम सञ्चालनमा ल्याउन सरकारसमक्ष संघले माग गरेको छ ।

शत्रुध्नप्रसाद गुप्ताको नेतृत्वमा सवसम्मक कार्यसमिति चयन
पब्लिक क्याम्पस संघको अध्यक्षमा काठमाडौं शिक्षा क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ता सर्वसम्मत निर्वाचित भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार भएका गुप्ता संघको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

satgu1680969759.jpg

पब्लिक क्याम्पस संघको १२ औं महाधिवेशनले गुप्ताको अध्यक्षतामा ४२ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हाे । संघको उपाध्यक्षमा प्रदीपकुमार कटुवाल, लोकराज भण्डारी, धर्मदेव भट्ट, महासचिवमा गोविन्दबहादुर कार्की, उपमहासचिवद्धयमा नेत्रप्रसाद न्यौपाने र टंक पौडेल, कोषाध्यक्षमा राजन मिश्रलाई चयन गरेको छ ।
यस्तै महाधिवेशनले सातै प्रदेशको संयोजक पनि सर्वसम्मत रुपमा चयन गरेको छ । कोशी प्रदेश संयोजकमा टीकाराम गुरुड, मधेशप्रदेश संयोजकमा किशोरकुमार साह, बाग्मती प्रदेश संयोजकमा शैलेन्द्र कुइँकेल, गण्डकी प्रदेश संयोजकमा ऋषिराम बुढाथोकी, लुम्बिनी संयोजकमा कृष्ण खनाल, कर्णाली संयोजकमा तेजबहादुर मल्ल, सुदूरपश्चिम संयोजकमा ईश्वरबहादुर सोडारी सर्वसम्मत चयन भएका छन् ।
यस्तै महाधिवेशनले संघकको केन्द्रीय सदस्यमा भूमिदत्त पौडेल, नारायणप्रसाद पौडेल, वकिल बस्नेत, मित्रलाल न्यौपाने, सञ्जयकुमार साह, केशवराज काफ्ले, डा. शान्तराज शर्मा न्यौपाने, विकास उप्रेती, वसन्त पौडेल, नवराज शर्मा,गोविन्द प्रसाद पराजुली, नारायणप्रसाद अर्याल, हरि कुँवर, पुष्पलाल ढकाल, केशवराज अधिकारी, अम्बिका रुपाखेती, गणेशमान गिरी, राजन श्रेष्ठ, गणेशकुमार चौधरी, खिमराज घिमिरे, केशवप्रसाद तिमिल्सिना, रणबहादुर खड्का, विनोदकुमार ओली तथा भूपेन्द्र कोइरालालाई सर्वसम्मत चयन गरेको छ ।

यस्तै महाधिवेशनले केन्द्रीय लेखा आयोगको संयोजकमा सावित्रा दाहाल भट्टराई, धर्मराज बराल तथा महेश पाण्डेलाई चयन गरेको छ । देशभरका ५३४ वटा सामुदायिक क्याम्पसहरुको छाता संस्था नेपाल पब्लिक क्याम्पस संघको १२औं राष्ट्रिय अधिवेशनबाट शुक्रबारदेखि राजधानीमा सुरु भएको हो । महाधिवेशन अन्तर्गत शनिबार नयाँ कार्यसमिति चयन गर्ने कार्यतालिका थियो । संघको १२औं राष्ट्रिय अधिवेशन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले उद्घाटन गरेका थिए ।

 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १४:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार