नेपाल पब्लिक क्याम्पस संघको अध्यक्षमा शत्रुध्नप्रसाद गुप्ता निर्वाचित

शनिबार, चैत २५, २०७९

काठमाडौ । नेपाल पब्लिक क्याम्पस संघको अध्यक्षमा काठमाडौं शिक्षा क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ता सर्वसम्मत निर्वाचित भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार भएका गुप्ता संघको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
देशभरका ५३४ वटा सामुदायिक क्याम्पसहरुको छाता संस्था नेपाल पब्लिक क्याम्पस संघको १२औं राष्ट्रिय अधिवेशनबाट शुक्रबारदेखि राजधानीमा सुरु भएको हो । महाधिवेशन अन्तर्गत शनिबार नयाँ कार्यसमिति चयन गर्ने कार्यतालिका थियो ।
महाधिवेशनले महासचिवमा गोविन्द कार्कीलाई चयन गरेको छ । संघको १२औं राष्ट्रिय अधिवेशन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले उद्घाटन गरेका थिए ।

sat1680969759.jpg

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  २१:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार