नेपाल पब्लिक क्याम्पस संघको महाधिवेशनमा आज नयाँ नेतृत्व चयन हुँदै

संघको १२ औं महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु
शनिबार, चैत २५, २०७९

काठमाडौं । नेपाल पब्लिक क्याम्पसको १२ औं महाधिवेशन राजधानीमा सुरु भएको छ । शुक्रबारबाट सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि आज कार्यक्रम अघि बढ्ने छ । आज बिहान ७ बजेदेखि बन्द सत्र सुरु हुने छ भने बन्द सत्र सकिएपछि पब्लिक क्याम्पस संघको नयाँ नेतृत्व चयन हुने कार्यक्रम रहेको छ । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष एवम् जनभावना क्याम्पसका क्याम्पस प्रमुख शिवराज सञ्जेल तथा काठमाडौं शिक्षा क्याम्पसका क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ता आकांक्षी देखिएका छन् ।

pub1680916021.jpg
यसअघि संघका अध्यक्ष शिवराज सञ्जेलका सभापतिमा आयोजित संघको १२ औं महाविधेशन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले उद्घाटन गरेका थिए । कार्यक्रममा विद्याबारिधि र दर्शानाचार्य  उपाधि प्राप्त गर्ने सामुदायिक क्याम्पसमा प्राध्यापनरत पूर्णकालिन प्राध्यापकहरुलाई सम्मान पनि गरिएको थियो ।

maha1680915797.jpg

शुक्रबारदेखि त्रिवि स्मृति भवनमा सुरु भएको संघको महाधिवेशनमा देशभरका सामुदायिक क्याम्पसका प्रतिनिधिहरु सहभागी भएका छन् । संघको महाधिवेशनम क्याम्पस सञ्चालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख र पब्लिक क्याम्पस प्राध्यापक संघका इकाई सभापति पदेन प्रतिनिधि हुने व्यवस्था छ ।

sagar1680915805.jpg

शैक्षिक क्षेत्रमा सामुदायिक क्याम्पसको योगदान

विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिइ जनस्तरबाट सञ्चालित ५ सय ७५ वटा सामुदायिक क्याम्पस छन् ।नेपालका उच्चशिक्षा दिने शैक्षिक संस्थामध्ये ३७ प्रतिशत भार ओगटेका सामुदायिक क्याम्पसमा २९ प्रतिशत विद्यार्थी अध्ययनरत छन् । विपन्न वर्गका विद्यार्थीलाइ दूरदराजमै उच्चशिक्षा प्रदान गर्ने उदेश्यले स्थापना भएका क्याम्पसमा व्यवस्थापकीय कमजोरी, आर्थिक अभावलगायतका कारण समस्यामा छन् । ५० प्रतिशत शैक्षिक संस्था त संकटग्रस्त अवस्थामा पुगेका छन् । उच्चशिक्षा अध्ययनका लागि विदेश जान चालु आर्थिक वर्षको आठ महिनामा ७० हजार विद्यार्थीले अनुमतिपत्र लिएका छन् ।
विश्वविद्यालय अनुदान आयोगले विद्यार्थी संख्याका आधारमा सामुदायिक क्याम्पसलाइ ७ देखि २५ लाख रुपैयाँसम्म अनुदान दिँदै आएको छ । विद्यार्थी अभाव झेलेका सामुदायिक क्याम्पसलाई समायोजनमा जान विश्वविद्यालय अनुदान आयोगले सुझाव दिएको छ ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  ०६:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार