सरकारले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी कानुन बनाउने

बिहीबार, चैत २३, २०७९

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न कानुन बनाउने भएको छ । बिहीबार सार्वजनिक भएको १० दलीय गठबन्धन सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न कानुनी व्यवस्था गर्ने उल्लेख गरेका छन् ।

Dahal1680786427.jpg
प्रधानमन्त्री दाहालका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सञ्चारमन्त्री रेखा शर्माले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्थासहितको निर्वाचन ऐन तर्जुमा गरिने बताइन् ।
हाल विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था छैन । तर लामो समयदेखि विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउनुपर्ने माग हुँदै आएको छ ।

prachanda1680785299.jpg

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १९:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार