संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारित गर्न माओवादीकाे प्रस्ताव

बिहीबार, चैत २३, २०७९

काठमाडौँ । माओवादी केन्द्रले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई द्रुत गतिमा पारित गर्ने प्रस्ताव गरेको छ ।
प्रतिनिधिसभाको बैठक अघि सभामुखको अध्यक्षतामा बिहीबार संसदमा राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरूसँगको छलफलमा माओवादी केन्द्रले औपचारिक रूपमै यस्तो प्रस्ताव राखेको हो ।
माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले विगतमा पनि छलफल भएको उल्लेख गर्दै सदनमै छलफल गरेर विधेयक पारित गर्ने विकल्प अगाडि सारेका हुन् । तर, अन्य दलहरूले माओवादी केन्द्रको प्रस्तावलाई अस्वीकार गरेका छन् ।
नेकपा एमालेले छिटो पारित गरौँ भन्नेमा सहमति रहेको तर, दफावार छलफल संसदीय समितिमै हुनुपर्ने आफूहरूको प्रस्ट धारणा रहेको बताएको छ । प्रतिनिधिसभामा तीन वटा विधेयक दर्ता भएर प्रक्रियामा छन् ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा छ । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक पनि प्रतिनिधिसभामा विचाराधीन छ ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार