बलात्कारको अभियोग लागेका न्यायाधीश भुवन गिरी लाई पक्राउ गर्ने अदालतको अनुमति

बुधबार, चैत २२, २०७९

काठमाडौं । बलात्कारको अभियोग लागेका न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत कपिलवस्तुले न्यायधीश गिरीलाई पक्राउ गर्न अनुमति दिएको हो ।  गिरीविरुद्ध उनकी श्रीमतीले जबरजस्ती करणीको आरोपमा जाहेरी दिएकी थिइन् । प्रहरीले वैवाहिक जबरजस्ती करणीको जाहेरी लिएर थप अनुसन्धानका लागि न्यायाधीश गिरीलाई पक्राउ गर्न अनुमती माग गरेको हो ।
न्यायधीश गिरीविरुद्ध गत मंसिरमा प्रहरीमा उजुरी परेको थियो । तर केही समय प्रहरीले दर्ता गर्न मानेन । घटना बाहिरिएपछि जिल्ला अदालत कपिलवस्तुमा कार्यरत गिरीलाई न्याय परिषद्मा तानिएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १८:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार