‘जनयुद्ध दिवस’मा बिदा दिने मन्त्रिपरिषद्को निर्णयविरूद्धको रिटमा कारण देखाऊ आदेश

बुधबार, चैत २२, २०७९

काठमाडौँ । ‘जनयुद्ध दिवस’मा बिदा दिने र यो दिवस मनाउन मन्त्रिपरिषद्ले गरेको निर्णय विरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ।
बुधबार न्यायाधीश हरि फुयाँलकै इजलासले उक्त आदेश दिएको हो । सरकारले गत फागुन १ गते ‘जनयुद्ध दिवस’ का दिन सार्वजनिक बिदासमेत दिएको थियो।
मन्त्रिपरिषद्ले आगामी वर्ष पनि फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार