सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । मंगलबार म्यानहटन अदालतमा सुनुवाइपछि उनलाई प्रहरी हिरासतमा राखिएको हो । उनीमाथि ३४ आरोप लागेका छन् । आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफूले कुनै अपराध नगरेको बताएका छन् । ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्त्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लागेको छ । ७६ वर्षीय ट्रम्प सोमबार फ्लोरिडाको वेस्टपाम बीचस्थित आफ्नो घरबाट न्यूयोर्क गएका थिए ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध चौतिसवटा गम्भीर अपराधका अभियोग
पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध अश्लिल चलचित्रकी नायिकसँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झुठा व्यावसायिक विवरण तयारपारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ । न्युयोर्कको एक अदालतले सन् २०१६ मा भएका ती घटनालाई लिएर मङ्गलबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध ती अभियोग लगाएको हो । अदालतमा उपस्थित उहाँले ती अभियोगहरूमा आफू दोषी नरहेको दाबी गर्नुभएको छ । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि अश्लिल चलचित्रकी नायिक स्टोर्मी डेनियलसँग यौनसम्पर्क गरेको र त्यसलाई दबाउन राष्ट्रपतिका प्रत्यासी ट्रम्पले उनलाई एक लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग लगाइएको छ । डेनियलले आफूसँग सन् २००६ मा ट्रम्पले यौन सम्बन्ध कायम गरेको र त्यसलाई गोप्य राख्न रकम दिएको दाबी गरेकी छन् । अमेरिकाको इतिहासमा फौजदारी अपराधको मुद्दा खेप्ने पहिलो पूर्वराष्ट्रपति उनको औँठा छापमात्र लिइएको थियो । उनका कानुन व्यवसायीले विश्व प्रख्यात उनको अनुहारको तस्बिर लिन आवश्यक नभएको बताएका थिए । अभियोजकहरूले पनि उनको तस्बिर नलिई ट्रम्पलाई अदालतमा प्रस्तुत गरेका थिए । उनलाई हत्कडी पनि लगाइएको थिएन । अदालतमा उहाँ आफ्ना कानुन व्यवसायीहरूसँगै बसेका थिए । अदालतमा उनी शान्त तर गम्भीर देखिन्थे । करिब एक घण्टाको सुनुवाईपछि उनी अदालतबाट बाहिरिएका थिए । अदालतबाट बाहिरिनेवित्तिकै ट्रम्प फ्लोरिडा फर्केका छन् । उनी अदालतबाट बाहिरिँदा उनका समर्थकहरूले उनीमाथि लगाइएका अभियोग र मुद्दा देशको अपमान भएको टिप्पणी गरेका थिए । आफूमाथिको मुद्दा राजनीतिक रूपमा प्रेरित भएको भन्दै उनले न्यायाधीश र अभियोजकहरूको पनि आलोचना गरेका थिए । बिना प्रमाण आफूमाथि दोष लगाइएको दाबी पनि उनले गरेका छन् । “अमेरिकामा यस्तो हुनसक्छ भन्ने मैले कहिल्यै कल्पना पनि गरेको थिइँन । आगामी राष्ट्रपतीय चुनावलाई प्रभावित पार्न यो झुठा मुद्दा लगाइएको हो । यो तत्काल खारेज हुनुपर्छ,” उनले भने । न्यायाधीश जुआन मर्चनले उनीमाथि कुनै आदेश जारी नगरे पनि दुवै पक्षलाई संयमित भएर शिष्ट भाषामा ध्यान आग्रह गरे । उनले आफूमाथि लगाइएको मुद्दाविरुद्धको आगामी अगष्टसम्ममा प्रस्ताव पेश गर्नुपर्नेछ । अदालतको अर्को सुनुवाई डिसेम्बरमा हुनेछ ।–एपी