वैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता

आइतबार, चैत १९, २०७९

काठमाडौँ । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि भोलि उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । चितवन क्षेत्र नं–२, तनहुँ निर्वाचन क्षेत्र नंं. १ र बारा निर्वाचन क्षेत्र नं–२ मा उपनिर्वाचन हुदैछ ।गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्धामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन–२, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ–१ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा–२ मा उपनिर्वाचन हुन लागेको हो । 
निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका दल तथा स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गराउने कार्यक्रम छ । उपनिर्वाचनका लागि शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

उपनिर्वाचनका लागि तनहुँ र बारामा २६ दल दर्ता 
उपनिर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नंं १ र बारा निर्वाचन क्षेत्र नं २ का लागि २६ राजनीतिक दल दर्ता भएका छन् । 
 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १२:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार