सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सर्वाेन्द्र खनाल गत मंसिर ४ गते सम्मपन्न निर्वाचनमा एमालेबाट काठमाडौं ६ मा उम्मेदवार भएका थिए । त्यो निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शिशिर खनालसँग पराजित भएका थिए । उनै शिशिर खनालले १० वैशाखमा हुने उपचुनावका लागि अनौपचारिक कमान समालेको तनहुँ क्षेत्र नं १ मा फेरि सर्वेन्द्र एमालेको टिकटमा चुनावी मैदानमा उत्रेका छन् । सर्वेन्द्रलाई नेकपा एमालेले १० वैशाखमा हुने उपचुनावका लागि तनहुँ १ को उम्मेदवार बनाएको छ । तनहुँबाट उम्मेदवार बन्न लागेका खनाल पूर्वप्रहरी महानिरीक्षक हुन् । शनिबार बसेको एमाले सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाललाई र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सचिवालय बैठकले बारा-२ का लागि भने उम्मेदवार टुंग्याउन सकेको छैन । तनहुँबाट यसअघिका उम्मेदवार एकबहादुर गुरुङ र तनहुँका सिनियर नेता किरण गुरुङले उपचुनावमा नउठ्ने भनेपछि खनालले उम्मेदवार हुनका लागि एमाले तनहुँ जिल्ला कमिटीमा निवेदन दिएका थिए । चितवन-२ मा उम्मेदवार बन्न लागेका न्यौपाने एमाले चितवन जिल्ला कमिटी अध्यक्ष हुन् । जिल्ला कमिटीले न्यौपानेलाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो । न्यौपान गत मंसिर ४ गतेको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट एकल सिफारिस भएर पनि उम्मेदवार बन्न पाएका थिएनन् ।