ललितपुर महानगरको सहयोगमा प्रगति शिक्षा सदनमा सभाहल निर्माण  

बिहीबार, चैत १६, २०७९

ललितपुर । ललितपुर महानगरले कुपण्डोलस्थित प्रगति शिक्षा सदनमा सभाहल निर्माण गरेको छ । यसैगरी विद्यालय भवनको भर्‍याङ र पर्खाल पनि निर्माण भएको छ । महानगरस्तरीय गौरबको योजना अन्तर्गत सभा हल निर्माण गरिएको हो । भर्‍याङ र पर्खाल भने वडास्तरीय बजेटबाट निर्माण भएको हो । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विद्यालयमा निर्माण गरिएका यी पूर्वाधारको उद्घाटन गरे । महानगरभित्रका सामुदायिक विद्यालयमध्ये प्रगति शिक्षा सदन उत्कृष्ट विद्यालय भएको बताउँदै महानगरले विद्यालयलाई राम्रो काम गरे वापत प्रोत्साहित गर्न पुरस्कृत गर्ने गरेको बताए । 

338750137_220010673944994_5905333255151050912_n1680153434.jpg
ललितपुर महानगरले एसईईमा ४ जिपिए ल्याउने महानगरभित्रका विद्यालय र विद्यार्थीलाई सम्मानसहित नगद पुरस्कार दिदैं आएको छ । विद्यालयका प्रधानाध्यापक सत्यनारायण महर्जनले प्रगति शिक्षा सदनको शैक्षिक गुणस्तर निजी विद्यालयको भन्दा कम नभएको दाबी गरे । सामुदायिक विद्यालयको विकासको लागि त्रिपक्षीय सहकार्य आवश्यक भएको उनको भनाई थियो । 
विद्यालय सल्लाहकार समितिका अध्यक्ष डा. विरेन्द्रराज पोखरेलले प्रगति शिक्षा सदनको भौतिक पूर्वाधार निर्माणदेखि शैक्षिक गुणस्तर सुधारसम्म महानगरले सहयोग गरेकोमा धन्यवाद दिए । उनले विज्ञान, गणित र फाइन आर्ट विषयमा विद्यार्थीलाई अनुसन्धानात्मक र प्रयोगात्मक क्रियाकलापको आवश्यकता औंल्याए । उक्त क्रियाकलापका लागि कोष आवश्यक भएको बताउँदै अक्षयकोषका लागि दुई लाख ५० हजार प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

338731635_1557691154732012_2788308720712964525_n1680153427.jpg पूर्वमन्त्री ओमकार प्रसाद श्रेष्ठ,सल्लाहकार समितिका सदस्य दिपेन्द्रपुरुष ढकाल, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, वडा नं. १०का अध्यक्ष रविन व्यञ्जनकार लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको नाममा विद्यालयमा स्थापित छात्रवृत्ति विद्यार्थीलाई हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ११:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार