सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । जुरे पहिरो पीडितले मागबमोजिम नगदै राहत पाउने भएका छन् । मङ्गलबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार अब जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहको समन्वयमा पीडितको यकिन तथ्याङ्कका आधारमा मापदण्ड बनाएर राहत वितरण गर्नेछ । मन्त्रिपरिषद् बैठकले ‘जुरे पहिरो पीडितका लागि जनस्तरबाट सङ्कलित नेपाल बैंक लिमिटेड, चौताराको खातामा जम्मा भएको रु दुई करोड २४ लाख ६६ हजार छ सय ५७ स्थानीय तहको समन्वयमा पीडितलाई नगद राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिने’ निर्णय गरेको सिन्धुपाल्चोक–१ बाट निर्वाचित सङ्घीय सांसद माधव सापकोटाले जानकारी दिए । सांसद सापकोटाले गत फागुन ३० गते जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जुरे पहिरोपीडित कोषमा जम्मा भएको रकम प्रभावितलाई उपलब्ध गराउनु पर्ने रायसहित गृह मन्त्रालयलाई अनुरोध गर्ने कार्यको नेतृत्व गरेका थिए । विसं २०७१ साउन १७ गते सिन्धुपाल्चोकको जुरे क्षेत्रमा पहाडै खसेर भोटेकोसी नदी थुनिएको थियो । पहिरोमा परी एक सय ४५ जनाले ज्यान गुमाएका थिए भने एक सय ५३ घरमा क्षति पुगेको थियो ।