सेयर बजारमा सामान्य सुधार, ८४ करोडमा झर्‍यो कारोबार

बुधबार, चैत १५, २०७९

काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । नेप्सेका अनुसार, बुधबार सेयर १।०२ अंकले वृद्धि भएको छ ।
बुधबार को ०.०५ प्रतिशतले बढेको सेयर बजारमा २५ लाख ३९ हजार ४८ कित्ता सेयर किनबेच हुँदा सेयर कारोबारमा समेत असर देखिएको छ । अर्थात, अर्बमा हुने सेयर बजारको कारोबार करोडमा झरेको छ ।
८१ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार १९१९.४२ बिन्दुमा आएर सेयर कारोबार बन्द भएको छ ।
सेयर सामान्य बढे पनि ११४ कम्पनीको सेयर मूल्य घटेको छ भने ८७ कम्पनीको सेयर मूल्य मात्र बढेको छ । नेप्सेका अनुसार, १५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तत आएको छैन् ।
सुपरमाइ हाइड्रोपावर लिमिटेडको १० प्रतिशतको सर्किट लेभलको कारोबार गरेको छ । कालिन्चोक दर्शन लिमिटेडले ९.९९ प्रतिशत र धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडले ५.१७ प्रतिशतले नाफा कमाए । 
खप्तड लघुवित्त वित्तिय संस्था लिमिटेडले ४.४१ प्रतिशतले घाटा ब्यहरेको छ ।  सबैभन्दा बढी सेयर कारोबार एनआइसी एसिया बैंकको भएको छ । बैंकले बुधबार ३ करोड ५६ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सवैभन्दा बढी ग्लोबल आइएमइ बैंक लिमिटेडको प्रमोटर सेयरको १ लाख ५ हजार १५२ कित्ता सेयर किनबेच भएको छ भने एसियन हाइड्रो लिमिटेडको सबैभन्दा बढी ३६३८ पटक सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा धेरै ४१ दशमलव ७१ र निर्जीवन बीमा समूहको उपसूचक १८ दशमलव ६६ अङ्कले बढेको छ । त्यस्तै, लगानी समूह शून्य दशमलव १४, लघुवित्त समूह ६ दशमलव ५४ र अन्य समूह सात दशमलव ५८ अङ्कले बढेको छ ।
आज उपसूचक घट्नेमा सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४४ दशमलव ७९ र व्यापार समूहको उपसूचक १९ दशमलव ०७ अङ्कले घटेको छ । त्यस्तै, बैंकिङ समूह शून्य दशमलव १५, विकास बैंक समूह १५ दशमलव ७८, वित्त समूह पाँच दशमलव ६१, जलविद्युत् समूह एक दशमलव ०९, उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ९३ र म्युचुअल फन्ड समूह शून्य दशमलव ०२ अङ्कले घटेको छ ।
आज सुपरमाई हाइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै चार दशमलव ४१ प्रतिशतले घटेको छ ।
एनआइसी एसिया लिमिटेडको सबैभन्दा धेरै रू तीन करोड ५६ लाख ९५ हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ग्लोबल आईएमई बैंक प्रमोटर शेयर एक लाख पाँच हजार एक सय ५२ कित्ता खरिदबिक्री भएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १९:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार