सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । दक्षिण ललितपुरमा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा दम्पतीको मृत्यु भएको छ । उनीहरूकी छोरी गम्भीर भाइते भएकी छन् । दक्षिण ललितपुरको महाँकाल गाउँपालिका–१ बुखेलस्थित सडकमा बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक बागमती गाउँपालिका–७ घर भई महाङ्काल गाउँपालिका–१ बुखेल बस्ने ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र मोटरसाइकलमा सवार उनकै श्रीमती ३४ वर्षीया सिर्जना फुँयाल रहेका प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिएका छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनीहरूकै छोरी पाँच वर्षीया सिर्जनालाई उपचारका लागि पाटन अस्पताल पठाइएको छ ।