नामकरण विरुद्धको आन्दोलनमा १७ राउण्ड हवाई फायर

बुधबार, चैत १५, २०७९

काठमाडौं । कोशी प्रदेश नामकरण विरुद्धको अन्दोलन जारी छ । नामाकरणको विरोधमा रहेकाहरूले विराटनगरमा नामकरणका विरुद्धमा नाराजुलुश गरे । विरोधले उग्ररुप लिएपछि प्रहरीले हवाई फायरसहित आश्रु ग्यास प्रहार गरेको छ । विराटनगर रोडशेष चोक वरपर आज भेला भएकाहरूले विरोध प्रदर्शन गर्ने क्रममा उग्र भएपछि प्रहरीले हवाई फायर र आश्रु ग्यास प्रहार गरेको हो ।
प्रहरीले १७ राउण्ड हवाई फायर र १३ सेल आश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए । घटनामा छ जना प्रहरी घाइते भएका छन् । आन्दोलनकारीका तर्फ पनि घाइते भएका छन् ।
आन्दोलनकारीले चारतारे बिग होटेलको कफी हाउसको सिसा पनि फुटाए । पानीको फोहोरा प्रयोग गरियो ।
प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विराटनगर रोडशेष नजिक आयोजित विरोध ¥याली निकालेको थियो । आन्दोलनकारीले पथरी र बेलबारी क्षेत्रमा पनि प्रदर्शन गरेका थिए ।

 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०५:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार