एकीकृत समाजवादीद्वारा मिटरब्याज पीडितको आन्दोलनप्रति ऐक्यबद्धता

मिटरब्याजको अपराधमा संलग्नलाई कडा कारबाही गर्न सरकारसँग माग

बुधबार, चैत १५, २०७९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले मिटरब्याजीविरुद्धको आन्दोलनमा उठाइएका माग अविलम्ब पूरा गर्न र उक्त अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको को केन्द्रीय सचिवालय बैठकले मिटरब्याजबाट पीडित समूहको आन्दोलनप्रति समर्थन गर्दै ऐक्यबद्धता जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०४:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार