राप्रपाले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने

मंगलबार, चैत १४, २०७९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने भएको छ । पार्टी कार्यालय धुम्वाराहीमा सोमबार बसेको राप्रपा पदाधिकारी बैठकले तनहुँ–१, बारा–२ र चितवन–२ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकले ती निर्वाचन क्षेत्रमा पार्टीको कमाण्डर पनि तोकेको छ । चितवन–२ मा नेता विक्रम पाण्डे, तनहुँ–१ मा नीलकण्ठ काफ्ले र बारा–२ मा बुद्धिमान तामाङलाई कमाण्डर तोकिएको छ । कमाण्डरहरूले तोकिएको निर्वाचन क्षेत्रमा आवश्यक छलफल गरेर उम्मेदवारबारे निर्णय लिने छन् । उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ताको समय तोकिएको छ ।

rpp_1679959785.jpg

 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०५:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार