सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । तारकेश्वर नगरपालिकाले कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पाँच हजार रुपैयाँ दिने भएको छ । नगरपालिकाभित्र कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरूप रकम दिइने भएको हो । कोरोना पजिटिभ देखिएर आइसोलेसनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराई प्राप्त विवरणका आधारमा रकम वितरण गर्ने व्यवस्था गरिएको सूचना अधिकृत होमनाथ न्यौपानेले बताए । हाल नगरपालिकामा कोरोना संक्रमित दुई हजार ८६ रहेकामा आठ सय ६६ महिला र एक हजार दुई सय २० पुरुष छन् । निको हुनेको संख्या एक हजार आठ सय २९ छ । कोरोनाबाट अहिलेसम्म सातजनाको मृत्यु भएको छ अहिले सक्रिय संक्रमित दुई सय ५० जना पुगेका छन् ।