चिडियाखाना आकर्षक र घुम्नयोग्य बनेछ : प्रधानमन्त्री

३० वर्षपछि प्रचण्डले गरे चिडियाखानाको अवलोकन
मंगलबार, चैत १४, २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीस वर्षपछि ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानाको स्थलगत अवलोकन गरेका छन् । चिडियाखाना अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले आकर्षक र घुम्नयोग्य बनेको प्रतिक्रिया दिएका छन् ।   राष्ट्रिय प्रकृतिक संरक्षण कोषले चिडियाखानाको व्यवस्थापनको जिम्मा लिएको छ ।
चिडियाखानामा करिब एक घण्टा बिताएका उनले हात्तीलाई खानासमेत खुवाएका  थिए । अवलोकनका क्रममा उनले बाघ र हात्तीका बारेमा बढी चासो देखाएका थिए ।
चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीवजन्तु छन् । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।
चिडियाखाना अवलोकन गर्न विदेशीका लागिसात सय ५०, सार्क देशका लागि पाँच सय, नेपालीलाई एक सय ५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशमशेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रूपमा स्थापना गरेका थिए । विसं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखानाको विसं २०५२ देखि व्यवस्थापनको जिम्मा नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०४:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार