गोठमा आगलागी हुँदा २० बाख्रा जले

शनिबार, चैत ११, २०७९

सिन्धुली । घ्याङलेख गाउँपालिका–१ पटवासका मानबहादुर लोको गोठमा आगलागी हुँदा २० वटा बाख्रा जलेका छन् । आगलागीबाट गोठ पूर्णरुपमा नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चीरञ्जीवी दाहालका अनुसार आगलागीबाट मानबहादुरका गोठमा रहेका १० बाख्रा, पाँच खसी र पाँच वटा पाठापाठी गरी जम्मा २० वटा जलेर मरेका छन् ।
बिहीबार राति ११ बजेको समयमा गोठमा आगलागी भएको थियो । मानबहादुर लो आगोको राँको बाली गोठमा गएको र घर फर्कने क्रममा राँकोको झिल्कोबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०६:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार