राष्ट्रिय जनगणना २०७८ 

५१ प्रतिशत नागरिकलाई खाना पकाउन दाउराकै भर, बिजुलीको प्रयोग शून्य दशमलव पाँच प्रतिशत मात्रै

शुक्रबार, चैत १०, २०७९

काठमाडौँ । आज सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनले खाना पकाउनका लागि अझै पनि परम्परागत ऊर्जामा निर्धर रहने जनसङ्ख्याको हिस्सा ठूलो रहेको देखाएको छ । 
तर सरकारले स्वच्छ ऊर्जाको विकास र विस्तारमा जोड दिँदै आएको छ । देशका कूल परिवारमध्ये आधाभन्दा बढी अर्थात् ५१ प्रतिशत परिवारले खाना पकाउन काठदाउरा प्रयोग गर्ने गरेका छन् । खान पकाउन एलपी ग्यासका प्रयोग गर्नेहरू ४४ दशमलव तीन प्रतिशत बराबर छन् । बिजुलीको प्रयोग गर्ने शून्य दशमलव पाँच, गुइँठा प्रयोग गर्ने दुई दशमलव नौ, बायोग्यास प्रयोग गर्ने एक दशमलव दुई, मट्टीतेल प्रयोग गर्ने शून्य दशमलव शून्य पाँच र अन्य इन्धनको प्रयोग गर्नेहरू शून्य दशमलव एक प्रतिशत बराबर छन् । दश वर्षपहिले ६४ प्रतिशतले खाना पकाउन अक्सर दाउराको प्रयोग गर्ने गरेका थिए । यसमा केही कमी आए पनि अझै परम्परागत ऊर्जामा आश्रित हुनेको सङ्ख्या आधारभन्दा बढी रहेको छ ।

बिजुली विस्तारमा फड्को

सबै घरपरिवारमा  बिजुली पु¥याउने सरकारको लक्ष्य क्रमशः पूरा हुने चरणमा पुगेको छ । कूल ९२ दशमलव दुई प्रतिशत घरपरिवारमा बत्ती बाल्नका लागि बिजुलीको प्रयोग भएको पाइएको छ । आफू बसोबास गरेको घर तथा आवासीय इकाइमा बत्ती बाल्न मानिसले बिजुली प्रयोग गरेका छन् ।
दश वर्षपहिले बिजुली प्रयोग गर्ने परिवार मात्रै ६७ दशमलव तीन प्रतिशत मात्रै थिए । बत्ती बाल्न सोलार, सौर्य ऊर्जा प्रयोग गर्ने परिवार छ दशमलव छ प्रतिशत छन् । यस आधारमा हेर्दा स्वच्छ ऊर्जाको पहुँच ९८ दशमलव आठ प्रतिशत बराबर हुन पुगेको । मट्टीतेल र अन्य इन्धन प्रयोग गर्ने परिवार एक प्रतिशतभन्दा कम रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १८:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार