राष्ट्रिय जनगणना २०७८ 

सम्पत्तिमा महिलाको स्वामित्व वृद्धि, २३ दशमलव आठ प्रतिशत परिवारका महिलामा सम्पत्ति स्वामित्व 

शुक्रबार, चैत १०, २०७९

काठमाडौँ । आज सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनले महिलाको सम्पत्तिमा स्वामित्व क्रमशः वृद्धि हुँदै गएको देखाएको छ ।  नेपालको संविधानले महिलालाई अधिकार सम्पन्न बनाएपछि यो क्रम बढेको हो । 
राष्ट्रिय जनगणनाको विवरणअनुसार कूल २३ दशमलव आठ प्रतिशत परिवारमा महिलाको नाममा घर जग्गा छ । जुन २०६८ को तुलनामा एक दशमलव एक प्रतिशतले बढी हो ।
देशभर कूल ६६ लाख ६६ हजार नौ सय ३७ परिवार सङ्ख्या रहेको छ । आवासीय घर भने कूल ६६ लाख ६० हजार आठ सय ४१ रहेको छ । त्यसमध्ये घर तथा आवासीय इकाइको स्वामित्वमा समेत महिलाको सहभागितामा वृद्धि भएको छ । कूल ३१ दशमलव ५५ प्रतिशत परिवारमा परिवारमूली महिला रहेको छ । जुन, २०६८ को तुलनामा पाँच दशमलव ८२ प्रतिशत बढी हो ।
कूल दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनसङ्ख्या रहेकामा महिलाको सङ्ख्या एक करोड ४९ लाख ११ हजार २७ जना महिला छन् ।
त्यस्तै, एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ पुरुष छन् । लैङ्गिक अनुपातमा हेर्दा कूल एक सय जना महिलामा पुरुषको सङ्ख्या ९५ दशमलव ५९ छ । विसं २०६८ को कूल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार रहँदा त्यस्तो लैङ्गिक अनुपात ९४ दशमलव १६ थियो ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार