सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ । पुरुषको भन्दा महिलाको साक्षरता दर १४.२ प्रतिशत कम रहेको छ । यो २०६८ सालको भन्दा १०.८ प्रतिशतले बढी हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसङ्ख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत छ । ०६८ को गणनाअनुसार कुल साक्षरता दर ६५.९ प्रतिशत थियो भने पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत रहेको थियो ।