दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

बुधबार, चैत ८, २०७९

सुर्खेत । दैलेखका खाना पकाउने ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ । ट्रक बुधबार बिहान करिब ८:४० बजे दैलेखको गुराँस गाउँपालिका–४ ताल पोखरी नजिक दुर्घटना भएको हो । 
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार सुर्खेत–दैलेख सडकखण्डमा बाँकेको नेपालगन्जबाट दैलेखका लागि ग्याल सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरबको ट्रक दुर्घटनामा परेको हो । उक्त ट्रकले मनकामना नामक खाना पकाउने ग्यास सिलिन्डर बोकेको थियो । प्रहरीका अनुसार सडकबाट एक्कासि सडकको माथिल्लो मोडबाट १५० मिटर तल खसेको छ । ट्रकमा सवार चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, कामदार अन्दाजी २६ वर्षीय लक्षिराम चौधरी र अन्दाजी २३ वर्षीय विष्णु चौधरी छन् । साथै सहचालक प्रकाश कुमाई घाइते भएका छन् । 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार