नेकपा एसले सरकारका विषयमा निर्णय गर्न बनायो कार्यदल

माधव नेपालको नेतृत्व
मंगलबार, चैत ७, २०७९

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले संघ र प्रदेश सरकार गठन प्रक्रियाका विषयमा गृहकार्य गर्न कार्यदल गठन गरेको छ । कार्यदलमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य छन् ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार बसेको सचिवालय बैठकबाट यस्तो कार्यदल बनाइएको हो । कार्यदलले प्रदेश र संघीय सरकारमा पार्टीको भूमिकाका विषयमा अरू दलहरूसँगको छलफलबाट आवश्यक निर्णय गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

रोजाइमा कृषि, सिँचाइ र खेलकुद मन्त्रालय 
नेकपा एसले तीन मन्त्रालयमा दाबी पेस गर्ने तयारी गरेको छ । संघ र प्रदेश सरकार गठनमा आवश्यक पहल गर्ने गरी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेको कार्यदल गठन गरेको नेकपा एसको  
कार्यदलको प्रारम्भिक छलफलमा जनतासँग जोडिएर काम गर्ने मन्त्रालय आफूले लिनुपर्ने सुझाव आएको एकीकृत समाजवादीका पदाधिकारीले जानकारी दिए ।
“अहिले जनतासँग जोडिएर बढीभन्दा बढी काम गर्न सकिने मन्त्रालय लिनुपर्छ भन्ने सुझाव आएको छ,” एकीकृत समाजवादीका पदाधिकारीले भने, “त्यसरी काम गर्नका लागि कृषि, ऊर्जा तथा सिँचाइ र युवा तथा खेलकुद मन्त्रालय हुनसक्छन् भन्ने सुझाव आएको छ ।” 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १६:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार