केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघका श्यामराज ओझा सभापतिमा निर्वाचित

आइतबार, चैत ५, २०७९

काठमाडौं । केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का श्यामराज ओझा निर्वाचित भएका छन्  आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघका ओझा ९३२ मत पाएर सभापति निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत पाएर पराजित भए । केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघले १५ वर्षपछि आफ्नो विरासत फर्काएको हो । नेविसंघका ओझा ३३१ मतको अग्रतासहित विजयी भएका हुन् । यहाँ कुल १३ वटा विद्युतीय मेशिन राखिएको थियो । यहाँ कुल मतदाता ३४ सय ४ रहेकामा २ हजार ७५ मत खसेको थियो।
कीर्तिपुरमा ओझा र विष्टसहित क्रान्तिकारीबाट मदन केसी मैदानमा थिए । त्यस्तै नेविसंघबाट विद्रोह गरेर विष्णु बडैला, मिलन बस्नेत, दीपक जोशी  स्वतन्त्र उठेका थिए । तर उनीहरुले अन्तिम समयमा ओझालाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय गर्दा उनी बिजयी भएका हुन् ।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  २१:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार