ललितपुरका जनप्रतिनिधि राष्ट्रपतिलाई बधाई दिन शीतल निवासमा

आइतबार, चैत ५, २०७९

ललितपुर । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई ललितपुरका तीनवटा स्थानीय तहका जनप्रतिनिधिले भेटेर बधाई तथा शुभकामना दिएका छन् ।

WhatsApp Image 2023-03-19 at 20.49.351679238559.jpeg
ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाका  निर्वाचित जनप्रतिनिधिले शितल निवास पुगेर बधाई तथा शुभकामना दिएका हुन् ।  भेटमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, गोदावरी नगरका प्रमुख गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले पालिकामा भएका गतिविधिबारे राष्ट्रपतिलाई जानकारी गराए ।

WhatsApp Image 2023-03-19 at 20.49.521679238554.jpeg
भेटमा तीनवटै पालिकाका वडाअध्यक्षसहित कार्यपालिका सदस्य र स्थानीयवासी समेत सहभागी थिए । राष्ट्रपति रामचन्द्र पौडेलले जनप्रतिनिधिसहित सम्पूर्णलाई धन्यवाद दिए ।

WhatsApp Image 2023-03-19 at 20.48.251679238570.jpeg
सो क्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाको मुखपत्र ‘हाम्रो ललितपुर’, शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीद्धारा लिखित महानगरद्धारा प्रकाशित पुस्तकहरु, महानगरभित्रका वनस्पतिहरुको बारेमा लिखित पुस्तक हस्तान्तरण गरे । त्यस्तै, गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पनि गोदावारी नगरपालिकाको मुखपत्र ‘गोदावरी’ हस्तान्तरण गरे ।

 

WhatsApp Image 2023-03-19 at 20.50.141679238554.jpeg

WhatsApp Image 2023-03-19 at 21.00.071679239001.jpeg

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  २०:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार